नागरिक समाजका अगुवा पहाडी र मेयर कोइरालाबीच भेटवार्ता

  • जेठ ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता भएको छ ।

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थितिमा भएको छलफलमा पहाडीले सुशासन, वैज्ञानिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा महानगरले जोड दिनुपर्ने सुझाव दिए ।

सो अवसरमा उनले सीमाकृत वर्ग र जातका मानिसहरुको शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सीमाकृत वर्गको पहिचान गर्नुपर्ने बताए । पहाडीले महानगरको विकासका लागि सम्बन्धित निकायमा आफूहरुको तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आजको युग प्रविधिमैन्त्री युग भएकाले सेवा प्रवाहलाई समेत प्रविधिमैत्री बनाउनु आवश्यक रहेको औंल्याए ।

भेटघाटमा मेयर कोइरालाले सुशासन, शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराएका थिए । उनले सीमित बजेटका बाबजुत पनि जनताका चाहना पूरा गर्न महानगर लागिपरेको उल्लेख गरे । भेटघाटमा शान्ति समाज मोरङका सभापति प्रा.डा. जीवन ढकाल, सचिव अशोक लामा, अर्जुन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved