भारत र नेपालको चारधाममध्ये एक धाम बराहक्षेत्र व्यवस्थित शौचालय छैन

  • जेठ १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /भारत र नेपालमा रहेका चार धाममध्येको एक हो बराहक्षेत्र धाम । चारधामध्ये नेपालमा दुई धाम रहेका छन् बराहक्षेत्र र मुक्तिनाथ । भारतमा भने कुरु क्षेत्र र धर्म क्षेत्र रहेका छन् ।

यी चारधाममध्ये सबै धाम सबै किसिमले सुविधा सम्पन्न भएपनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बराहक्षेत्र धामको विकास भने अन्य धामभन्दा तुलानात्मक रुपमा विकास कम भएको पाइएको छ ।भारतका दुइ कूरुक्षेत्र र धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ ।

यी धामहरुमा नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु भगवानप्रतिको आस्था बाहेर आउने गरेका छन् । यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु आउने गरेका छन् ।

विगतदेखि नै बराहक्षेत्र सरक्षण मञ्च गठन गरेर बराहक्षेत्रधामको विकास गर्दै आएको मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले सनातन धर्मालम्बीहरुका लागि अति महत्व रहेको बराहक्षेत्र धामको भौतिक पूर्वाधारमा भने राज्यबाट सहयोग नगरेको बताए ।

उनले बराहक्षेत्रमा नेपालकामात्र नभई भारतका समेत सनातन हिन्दुधर्मालम्बीहरु आउने गरेको बताउदै यहाँसम्म आइपुग्ने असहज बाटोघाटो, पार्किङको असुविधा, सर्वसुलभ ढंगको शौचालय अभाव लगायतका समस्या भएको बताए ।

उनले धार्मिक महत्व बोकेको यो क्षेत्रलाई राज्यले उचित सहयोग गरिदिने हो भने देशको अर्थतन्त्रमा समेत यो क्षेत्रले सहयोग पुग्ने बताए ।यस ठाउँमा अन्य दिन पनि भक्तजनहरु आउने भएपनि मेलाको समयमा भने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

खासगरी कार्तिक पूर्णिमा र मंसिर संक्रान्तिमा बराहक्षेत्रमा भव्य मेला लाग्ने गरेको छ । कार्तिक पूर्णिमामा लाग्न मेलामा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् भने मंसिर संक्रान्तिमा नेपालमा विभिन्न स्थानबाट भक्तजन आउने गरेको पूजारी बताउँछन्।

सिन्धुपाल्चोकबाट बराहक्षेत्र धाम पुग्नु भएका रामअनुज नेपालले श्रीमद् भागवतमा पनि बराह अवतारको विषयमा उल्लेख भएको बताउदै सृष्टि हुदा नै बराह भगवानको नाम आउने गरेको बताए ।

उहाँले हिमवत खण्डको नेपाल महात्मयमा कोकाह र कौशिकीकौ सगम स्थल जसलाई कोकाह बराह भनिन्छ यहाँ आएर पितृहरुलाई सम्झिने, स्नान गरेमात्र पुण्य कमाइने भन्ने किवदन्ती अनुसार सिन्धुपाल्चोकबाट यहाँ आएको बताए । उनले सरकारको दृष्टिमा यस्ता धार्मिक क्षेत्रहरु पर्न नसकेकोप्रति विडम्बना भएको बताए ।

त्यहाँ आउनेहरुले पहिलो भगवान नै बराह भगवान भएको मान्यता राख्ने गरेका छन् । यहाँ आएर पितृहरुलाई सम्झेर पितृहरुको सम्झनामा श्राद्ध गरे पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेकोले बराहक्षेत्र आउने गरेको पारसमणि पोखरेल बताउछन् ।

यति धेरै महत्व बोकेको बराहक्षेत्र धामसँग पुग्ने सडक राम्रो नहुदा भक्तजनलाई समस्या हुने, बास बस्ने उचित व्यवस्थापन, शौचालयको अभावका कारण यहाँ आउने भक्तजनहरुले समस्या भोग्ने गरेका छन् । यसतर्फ भने सरकारको ध्यान गएको पाइदैन।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved