नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि अनुसन्धानको माग

  • जेठ ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणाथी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग राखेको छ ।

सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो। सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ ।

समाजका मोरङका अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएका हुन् ।

शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको भन्दै समाजले प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउनु अघि शान्ति समाजले जिल्ला प्रशासन कार्यालय अगाडि कुशासन र दण्डहिनताविरुद्ध धर्नासमेत दिएको थियो । धर्नामा माध्यमिक विद्यालय तथा शिक्षालय संघ ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, रोटरियन सुदीप रिजाल, व्याब्सनका अशोक लामा,अधिवक्ता धना थापा, युवा नेता रुपेश खतिवडा,साहित्यकार रामबाबु दाहाललगायत सहभागी थिए ।

मानव अधिकार तथा शान्ति समाज मोरङले कुशासनको अन्त्यको लागि गत बैशाख ३१ गतेदेखि दैनिक विभिन्न प्रकारका दबाबमूलक कार्यक्रममा गर्दै आएकोे अध्यक्ष प्राडा ढकालले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved