सिकेका तालिमबाट व्यवहारमा उतार्ने महिलाहरुको प्रतिबद्धता

  • जेठ ७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  वडाले गरेको एक हप्ते मखमली जुता चप्पल बनाउने तालिमबाट धेरै कुरा सिकेको र यो तालिमबाट आत्मनिर्भर बन्न सकिने तालिममा सहभागी महिलाहरुले बताएका छन् ।

उनीहरुले सामुहिक रुपमा जुत्ता बनाउने फयाक्ट्री सञ्चालन गर्न सके यहाँ सिकेको तालिम प्रभावकारी हुने बताउदै यसका स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

धरान उपमहानगरपालिका वडा नं. १६ ले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको एक हप्ते तालिम तालिममा सहभागीहरु महिलाहरुले प्रभावकारी भएको बताएका छन् । तालिम समापनका अवसरमा बोल्दै सहभागी विनाकुमारी पाँचकोटीले मखमली जुत्ता बनाउने तालिममा जनशक्ति बढी चाहिने भएकोले एक्लै नभई सामुहिक जुत्ता बनाउने फ्याक्ट्री सञ्चालन गरे यहाँ सिकेको कुराको सदपयोगमात्र हैन, महिलाहरुले समेत आयआर्जन गरेर परिवारलाई सहयोग गर्न सकिने बताइन् ।

यस्तै तालिममा सहभागी अर्की महिला लक्ष्मी राईले यो तालिम खाली तालिमको रुपमा नभई अवसरको रुपमा लिँदै सिकेको कुरालाई व्यवहार उतार्नुपर्ने बताइन् ।

यी दुई महिला मात्र हैन २१ टोलसमितिमध्येबाट सहभागी १९ जना महिलाहरुले यस्तै कुरा बताएका थिए । जुत्ता बनाउने फ्याक्ट्री एक्लै भन्दा पनि टोलमा रहेका महिलाहरुले सामुहिक रुपमा सञ्चालन गरे प्रभावकारी हुने बताएका थिए ।

वैसाख २७ गतेदेखि एक हप्ता सञ्चालन भएको सो तालिममा सहभागीहरुलाई सिकेका कुरालाई व्यहारमा उतार्दै महिलाहरुले सामुहिक रुपमा फ्याक्ट्री खोल्न धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले महिलाहरुलाई सुझाएका थिए । उनले सामुहिक रुपमा फ्याक्ट्री दर्ता गरेरै सञ्चालन गरे वडाले आवश्यक पर्ने सामाग्रीदेखि लिएर सबै कुरामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तालिमको सहजीकरण मिन्दु वास्तोलाले गरेकी थिइन । तालिमममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सो अवसरमा प्रशिक्षक वास्तोलाले सिकेका कुरालाई महिलाहरुले सही सदुपयोग गर्ने विश्वास व्यक्त गर्दै अन्य दिनमा पनि सहयोग गर्न जतिखेर पनि तयार रहने प्रतिबद्धता जनाएका छन् ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved