बैंकमै सर्वसाधारणको रकम असुरक्षित "धमाधम रकम हराउन थाले"

  • जेठ ६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /पछिल्लो समय ग्र्राहकहरुले राखेको पैसा बैंकबाटै हराउन थालेको छ। इटहरीको एभेरेष्ट बैंक र धरानको नविल बैंकबाट रकम हराएबाट सर्वसाधारण बैंकमा राखेको रकम असुरक्षित हुने कि भन्ने कुरामा सर्वसाधारण सशंकित बनेका छन् ।

धरान उपमहानगरपालिकामा शाखाको रुपमा सञ्चालित नविल बैंकबाट खातामै राखेको रकम हराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको भन्दै इलाकामा उजुरी दिएका हुन् ।

पीडित शारदा राईले खातामै राखेको रकम निकाल्न खोज्दा व्यालेन्स नभएको बताइन् । उनले भनिन्–‘ नविलमा मेरो नाममा रहेको ६६ हजार ३ सय ५० रुपैया नगद हराएको छ, दुःख गरेर जम्मा गरेको रकम फिर्ता हुनुपर्छ, चोरी भएको विषयमा अनुसन्धान गरी कारबाही होस् भनेर इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत हालेका छौं ।

अर्का पीडित श्याम थुलुङले नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताएका छन् । उनले भने–‘मैले नविलमा ८० हजार रुपैया राखेको थिएँ, वैसाख ३१ गते नै रकम हराएको रहेछ, इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको हालेको छु, रकम फिर्ता हुन्छ र चोरी गर्नेलाई कारबाही हुन्छ भन्ने विश्वासमा छु ।

पीडितहरुका अनुसार उनीहरुलार्ई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता मागेका थिए ।
यस विषयमा नविल बैंक धरान शाखाका प्रवन्धक उज्वल भण्डारीले ठगी धन्दा गर्नेहरुले यस्तो गरेको् बताए ।

उनले वैंकको कर्मचारी नभएर नक्कली बैंकको कर्मचारी बनेर ग्राहकलाई फोन गरी खाता नम्बर मागेर ह्याक गरेर रकम निकालेको हुनसक्ने बताए । यस विषयमा बैंकमा पनि अनुसन्धान भइरहेको बताए ।

उनले भने–‘ग्राहहरुको रकम हराएपछि नविल बैंक गम्भीर भएको छ, रकम ह्याक गरी ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रीय कार्यालयबाट पहल भइरहेको छ ।’इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले ग्रााहहरुले रकम हराएको विषयमा उजुरी दिएका कारण यस विषयमा अनुसन्धान भइरहेको बताए ।

यता एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए ।

एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved