कवाडी पसलले वडा नै दुर्घन्धित बनाएको भन्दै हटाउन माग

  • जेठ ३, २०८०
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर । धरान १० विशालपथमा रहेको कवाडी पसलले वडा नै पदुषित भएको  भन्दै स्थानीयले हटाउन माग गरेका छन् । विगत केही समयदेखि बेचनप्रसाद साहले यस स्थानमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । कवाडी पसल सञ्चालन टोल नै दुर्गन्धित भएको भन्दै वडामा स्थानीयहरुले निवेदन समेत दिएका छन् ।

विशालपथ र बुढासुब्बा टोल विकास समितिले लिखित हटाउन माग गर्दै लिखित रुपमा निवेदन नै दिएका हुन् । सोही निवेदनको आधारमा १० नंं वडा समितिले साहको नाममा उजुरी आएपछि दुवैपक्षलाई राखेर गत बर्षको जेष्ठ महिनमा छलफल समेत राखेको थियो । सोही महिनाको ३१ गते कवाडी पसल अन्यत्र सार्न वडाले ५५ दिने सूचना समेत साहलाई दिएका थिए ।

10111 तर वडाले दिएको सूचनाको अटेर गरी साहले व्यवसाय सञ्चालन गर्दै आएपछि स्थानीयहरु थप आक्रोसित बनेका छन् । उनीहरुले कवाडीका कारण दुर्घन्धित भएको, चोरी डकैती बढेको लगायतका समस्या भएकोे बताउदै आएका छन् ।

वडाबासीको व्यापक दबाबपछि वडाध्यक्ष विवेक राईले यो विषय कार्यपालिका बैठकमा समेत राखेका थिए । नगरले वडालाई नै हटाउने अनुमति दिए पनि वडाले पुन ः साहको नाममा बुधबार पुन ः ३५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष विवेक भट्टराईका अनुसार वडाबासीले विगतदेखि नै विशालपथमा रहेको कवाडी पसल हटाउन दबाब दिँदै आएको तर साहले भने कसैको निर्देशनलाई नमानी सञ्चालन गरिरहँदा समस्या भएको बताए । उनले भने–‘यहाँ्बाट कवाडी पसल हटाउनुपर्छ भनेर टोलबासीले नै व्यापक दबाब दिँदै आएका छन्, उनीहरुले हटाउनका लागि निवेदन नै वडामा दिएका छन्, यस विषयमा दुवै पक्षबीच छलफल गर्ने काम पनि गरियो, तर वडाबासीले कवाडी पसल जसरी भएपनि हँटाउनुपर्ने एक सुत्रीय माग राखेपछि वडाले पनि बाध्य भएर यो कदम चलाएको हो ।’

12345 कवाडी संचालक रोशन शाहले भने विगत लामो समयदेखि यही स्थानमा कवाडी सञ्चालनमा रहेको बताएका थिए । विगतमा केही समस्या नहुने तर अहिले आएर समस्या भएको सुन्दा आफूलाई आश्चर्य लागेको बताए । उनले भने–‘मैले कवाडी पसल मात्र गरेको छैन, २५–३० जना युवाहरुलाई रोजगारी समेत दिएको छु, कवाडी पसल बन्द भएको खण्डमा उनीहरु बेरोजगार हुन्छन् ।’ उनले एकातिरमात्र नभई सबैतिर बुझेर निर्णय लिन सम्बन्धित पक्ष माग गरेका छन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved