प्रेस स्वतन्त्रता रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको हो’

  • जेठ ३, २०८०
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विरुद्ध साता व्यापी आन्दोलनमा उत्रिएका सञ्चारकर्मीहरुले मंगलबार पूर्व मेयरहरुलाई समावेश गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

नेपाल पत्रकार महासंघ सुनसरीको आयाेजनामा धरान १३ मा रहेको महासंघकै सभाहलमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका पूर्व मेयर मनोज मेन्याङ्बो, कुमारबहादुर कार्की, बम देवान र तिलक राईको उपस्थिति रहेको थियो ।

सो अवसरमा नीहरुले प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको दायित्वभित्र पर्ने बताएका थिए । सो अवसरमा बोल्दै पूर्व मेयर तिलक राईले अहिले सञ्चारकर्मीहरुले स्थानीय सरकारका प्रमुखले नै प्रेस स्वतन्त्रता माथि हनन गरेको विषयमा आन्दोलित हुनु दुःखद कुरा भएको बताए ।

उनले भने–‘प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको हो, तर अहिले प्रेसमाथि भएको दुव्र्यवहारप्रति सञ्चारकर्मीहरु स्थानीय सरकार प्रमुखमाथि नै आन्दोलित हुनु विडम्बना हो। यस्तै पूर्व मेयर मनोजकुमार मेन्याङबोले प्रेस स्वतन्त्रताको प्रत्याभूतिसँगै सबैसँग सहमति, सहकार्य गरेर अगाडि बढेमात्र वास्तविक उद्देश्य प्राप्ति हुने

यस्तै पूर्व मेयर मनोजकुमार मेन्याङबोले प्रेस स्वतन्त्रताको प्रत्याभूतिसँगै सबैसँग सहमति, सहकार्य गरेर अगाडि बढेमात्र वास्तविक उद्देश्य प्राप्ति हुने बताए ।

उनले भने–‘मेयर, उपमेयर,२० वटै वडाका वडाध्यक्षहरु जनताबाट निर्वाचित भएर त्यहाँ पुगेक हुन्छन्,पार्टीको सहयोगबाट जितेर त्यहाँ पुगे पनि जनप्रतिनिधि भएपछि ऊ पार्टीको हुदैन, धराने जनताको जनप्रतिनिधि हुन्छ, धराने जनताले चाहेको शान्ति, सुरक्षा विकास लगायतका काम गर्न सहमति र सहकार्य आवश्यक छ, यसतर्फत अहिलेको जनप्रतिधिनमा केही कम भएको हो कि भन्ने आभाष देखिन्छ, यसतर्फ सचेत हुनुपर्छ ।’

 आफूचाहिँ सदाचारी र पहिलाका सबै नगरप्रमुख भ्रष्टाचारी भन्ने सोचप्रति कटाक्षा गर्दै पूर्व मेयर मेन्याङ्बोले पानी ल्याउने नाममा आएको सहयोग पारदर्शिता नभएको बताए । उनले भने–‘श्रमदान गर्नु अत्यन्तै राम्रो काम हो, तर श्रमदानका लागि देश तथा विदेशबाट आएको रकम पारदर्शीे बनाउनुपर्छ, । उनले आफ्नो आशय मेयर साम्पाङले भ्रष्टाचार गरेको भन्ने नभई आएको सहयोगको पारदर्शिता भए सहयोगी दाताहरुको विश्वास र मन जित्न सकिने बताए ।

अर्का पूर्व नगरप्रमुख कुमार कार्कीले स्थानीय पालिकाकाको नगर प्रमुख नगर पिता सरह हुने भएकोले सबैलाई मिलाएर लान सक्ने क्षमता पितासँग हुनुपर्ने बताए ।

उनले भने–‘जसरी एउटा अभिभावकले परिवारलाई मिलाएर लान सके सुन्दर परिवार हन्छ त्यसरी नै वडाध्यक्ष, कार्यपालिका सदस्यलाई नगरप्रमुखले मिलाएर लान सकेको खण्डमा धरानको समग्र विकासमा थप सहयोग पुग्छ। उनले यो कुरामा अहिलेका मेयर साम्पाङ चुकेको हो भन्ने आभाष भइरहेको बताए ।

उनले भने–‘लामो समयपछि दुई पक्षबीच भएको आन्तरिक द्वन्द्व समाप्त भएर कार्यपालिका बैठक बस्न सकेको छ, यसलाई सबै पक्षले गम्भीरतापूर्वक लिनुपर्छ, वेमेलको सिर्जना हुने वातावरणको अन्त्य हुन आवश्यक छ ।’

यस्तै पूर्व नगरप्रमुख बम देवानले नगरप्रमुखले प्रेस स्वतन्ताको प्रत्याभूति सञ्चारकर्मीलाई गराउँदै विपक्षमा सम्प्रेषण भएको समाचारलाई सुझावको रुपमा ग्रहण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उनले भने–‘मेयर, उपमेयर,२० वटै वडाका वडाध्यक्षहरु जनताबाट निर्वाचित भएर त्यहाँ पुगेक हुन्छन्,पार्टीको सहयोगबाट जितेर त्यहाँ पुगे पनि जनप्रतिनिधि भएपछि ऊ पार्टीको हुदैन,धराने जनताको जनप्रतिनिधि हुन्छ,धराने जनताले चाहेको शान्ति, सुरक्षा,विकास लगायतका काम गर्न सहमति र सहकार्य आवश्यक छ, यसतर्फत अहिलेको जनप्रतिधिनमा केही कम भएको हो कि भन्ने आभाष देखिन्छ, यसतर्फ सचेत हुनुपर्छ ।’

आफूचाहिँ सदाचारी र पहिलाका सबै नगरप्रमुख भ्रष्टाचारी भन्ने सोचप्रति कटाक्षा गर्दै पूर्व मेयर मेन्याङ्बोले पानी ल्याउने नाममा आएको सहयोग पारदर्शिता नभएको बताए । उनले भने–‘श्रमदान गर्नु अत्यन्तै राम्रो काम हो, तर श्रमदानका लागि देश तथा विदेशबाट आएको रकम पारदर्शीे बनाउनुपर्छ, ।

उनले आफ्नो आशय मेयर साम्पाङले भ्रष्टाचार गरेको भन्ने नभई आएको सहयोगको पारदर्शिता भए सहयोगी दाताहरुको विश्वास र मन जित्न सकिने बताए ।

अर्का पूर्व नगरप्रमुख कुमार कार्कीले स्थानीय पालिकाकाको नगर प्रमुख नगर पिता सरह हुने भएकोले सबैलाई मिलाएर लान सक्ने क्षमता पितासँग हुनुपर्ने बताए । उनले भने–‘जसरी एउटा अभिभावकले परिवारलाई मिलाएर लान सके सुन्दर परिवार हन्छ त्यसरी नै वडाध्यक्ष, कार्यपालिका सदस्यलाई नगरप्रमुखले मिलाएर लान सकेको खण्डमा धरानको समग्र विकासमा थप सहयोग पुग्छ ।’

उनले यो कुरामा अहिलेका मेयर साम्पाङ चुकेको हो भन्ने आभाष भइरहेको बताए । उनले भने–‘लामो समयपछि दुई पक्षबीच भएको आन्तरिक द्वन्द्व समाप्त भएर कार्यपालिका बैठक बस्न सकेको छ, यसलाई सबै पक्षले गम्भीरतापूर्वक लिनुपर्छ, वेमेलको सिर्जना हुने वातावरणको अन्त्य हुन आवश्यक छ ।’

यस्तै पूर्व नगरप्रमुख बम देवानले नगरप्रमुखले प्रेस स्वत्रन्ताको प्रत्याभूति सञ्चारकर्मीलाई गराउँदै विपक्षमा सम्प्रेषण भएको समाचारलाई सुझावको रुपमा ग्रहण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

बैशाख ८ गते धरान रं ...

धरान/ नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनि ...

सुनुवार सेवा समाजले ...

धरान/ सुनुवार सेवा समाज प्रदेश नं १ समितिले &ldquo ...

कोशी प्रदेशमा ऐन विप ...

विराटनगर/  कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश ...

गठबन्धन चुनावलाई मात ...

इलाम/  इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved