मेयर कोइरालाको नेतृत्वमा अनुगमन

  • जेठ २, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गरेका छन् ।

उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुगेका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा मेयरसहितको टोलीले ठेक्का सम्झौताअनुसार काम भए नभएको जानकार लिएको थियोे ।

उनले सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत निर्देशन दिए । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालाको भनाइ थियो । उनले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पारे ।

सोमबार वडा नम्बर १,२,६, ७,९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको उपमेयर निरौलाले जानकारी दिइन। अनुगमनमा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी,११ का तीर्थेन्द्र नेउपाने ८ का राम पोखरेल,९ का विश्वनाथ भगत,६ का हरिश्चन सहनीइन्जिनियर  अर्जुन थापासहित प्रमुख र उपप्रमुखको सचिवालयको टिम तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved