धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारको विरोध गर्दै साता व्यापाी आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा सोमबार शान्तिपूर्ण विरोध ¥याली निकालेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाई महासंघसँग आवद्ध पत्रकार, पूर्व अध्यक्षहरुसम्मिलित ¥याल धरान २ भानुचौकबाट नयाँ बजार हुदै धरान उपमहानगरपालिकाको गेट अगाडि पुगेर सम्पन्न भएको थियो ।
प्रेस स्वतन्त्रताको खिलापमा मेयर साम्पाङले उनको फेसकबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत पत्रकारमाथि अनर्गन शब्द प्रयोग गरी प्रहार गरेकोले स्थानीय सरकारबाटै सञ्चारकर्मी असुरक्षित भएपछि चरणवद्ध आन्दोलनमा उत्रिएको महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए ।
उनले भने–‘यो आन्दोलन हाम्रो चौथो दिन हो,भोलि हाम्रो धरानका पूर्व मेयरसँग अन्तरक्रिया कार्यक्रम राखेका छांैं, यस भन्दा हामीले मिडियामा प्रेस विज्ञप्ती निकाल्ने, जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालाई ध्यानाकर्षण गराउने, मिडिया र सञ्चारकर्मीको फेसबुक वालमाा प्रेस स्वतन्ता सम्बन्धी लेखन पोष्ट गर्ने काम सकेर आज शान्ति पूर्ण मौन ¥यालकिो आयोजना गरेका हौं ।’
सो अवसरमा लोकतन्त्रमा प्रेस स्वतन्ता हुनुपर्छ भन्दै राजनीतिक दलहरुले समेत ऐक्यवद्धता जनाएका थिए । नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले लोकतन्त्र वहालीमा प्रेसको ठूलो भूमिका रहेको बताउदै प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।
उनले पछिल्लो समय मेयर साम्पाङले सञ्चारकर्मीमाथि प्रेस स्वतन्त्रतामाथि नै आँच आउने गरेको दुव्र्यवहारमा उत्रिएका सञ्चारकर्मीको आन्दोलनलाई ऐक्यवद्धता जनाएको बताए ।
यस्तै पूर्व मेयर तिलक राईले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउदै प्रेसमाथि हुने दमन रोकिनुपर्ने बताए । उनले भने–‘हामी जहिल्यै प्रेस स्वतन्त्रताको पक्षमा छौ, प्रेस स्वतन्त्रता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, सोही अनुरुप हामीले पनि ऐक्यवद्धता जनाएका हौं ।’