नोबेलमा बन्यो नर्सिङ संघको भवन

  • बैशाख ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका –४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्शहरुलाई विरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ संघलाई आफ्नो भूमिका अब्बल बनाउँन शुभकामना दिइन् ।

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमासमेत रहेकी न्यौपानेले नर्सिङ संघको कार्यालयलाई व्यवस्थित गर्न थप ५० हजार प्रदान गर्ने घोषणा पनि गरिन् । कार्यक्रममा विराटनगर महानगरपालिका – ४ का वडाध्यक्ष जितन थापाले नर्सिङ संघलाई आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक तथा जग्गादाता इन्दिरा शर्माले भवन निर्माणपछि नर्सिङ संघको संस्थागत गतिविधि सञ्चालन गर्न सहजता मिल्ने विश्वास व्यक्त गरिन् ।

उनले भवन निर्माणका लागि यसअघि १ लाख ५० हजार सहयोग पनि गरेकी थिइन् । जग्गादाता होमादेवी र इन्दिरा सासु–बुहारी हुन् । उनीहरुको परिवारले चार बर्षअघि नर्सिङ संघलाई नोबेल अस्पताल परिसरमा १० धुर जग्गा प्रदान गरेको थियो ।

सोही जग्गामा करिब ४० लाखको लागतमा नर्सिङ संघको भवन निर्माण गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् । उनका अनुसार भवन निर्माणका लागि नर्सिङ संघ केन्द्रिय कमिटीले २५ लाख उपलब्ध गराएको थियो, बाँकी रकम जुटाएर भवन बनाइएको हो ।

यसैबीच, कार्यक्रममा जग्गादाता होमादेवी र नर्सिङ संघका केन्द्रिय सदस्य अञ्जुला कार्कीलाई सम्मान गरिएको छ । जग्गा प्रदान गरेर सहयोग गरेको भन्दै न्यौपाने र भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्कीलाई सम्मान गरिएको हो । उनीहरुलाई नर्सिङ संघका अध्यक्ष कविता अधिकारी र सचिव भण्डारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरेका छन् ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved