प्रलोभनमा परि धर्म परिवर्तन गर्न नहुने

  • वैशाख २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा परेर धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।

मोरङको सुन्दरहरैंचा स्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटनमा  कोइरालाले संविधानमा र्नै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख गरिएको बताए

उनले “सनातनकालदेखि मान्दै आएको धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर विधानमै उल्लेख रहेको बताए ।

कोइरालाले आफूलाई पनि डाक्टर अध्ययन सकेपछि धर्मपरिवर्तनका धेरै प्रस्ताव आएको बताउदै सनातन हिन्दू धर्ममाथी चारैतिरबाट आक्रमण भइरहेको समेत बताए । नेता कोइरालाले धर्म,संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने दाबी गरे।

“धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसक्दा सभ्य,अनुशासन समाज बन्न नसकने कोइरालाले प्रस्टाए “सभ्य र अन्शासन समाज नभई सभ्य र सुसंस्कृति राष्ट्र बन्न नसक्ने बताए ।कोईरालाले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएको समेत उल्लेख गरे ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद संग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

४ कठ्ठा २ धुर जग्गामा करिब १ करोडको लागतमा मन्दिर निर्माणभएको छ । मन्दिरस्थलमा बुधबारदेखि जेठ ४ गतेसम्म श्रीमद भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved