दुव्र्यहार गर्नेलाई सार्वजनिक मुद्धामा म्याद थप २० वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको दाबि

  • बैशाख २६, २०८०
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ ।

सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो ।

ilaka-1

  वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् ।

जनप्रति नै सुरक्षाको माग गर्र्दै  प्रहरीमा 

मेयर हर्कराज राइको समुहले अराजकता मच्चाउदा जनप्रतिनिधिहरु असुरक्षित बन्दै गएकाले सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यलय पुगेका हुन् ।आइतबार १७ नम्बर वडाध्यक्ष माथी मेयर हर्क साम्पाङको समुहले दुर्व्यवहार गरेको थियो ।

सामाजिक सन्जाल मार्फत अन्य वडाध्यक्षहरुलाई समेत अपमान जनक शब्दहरु प्रयोग गर्दै गाली गलौज गर्न थाले पछि सुरक्षा को माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका हुन् ।वडाध्यक्ष सहित इलाका प्रहरी कार्यालय पुगेका वडाध्यक्षका समर्थक हरुले मेयर बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले मेयरले नै राजीनामा दिनपर्ने माग गरेका थिए । मेयर हर्क राज राइको समुहले अराजकता निम्त्याएको उनीहरुको आरोप छ ।

ilaka-2

उनीहरुले त्यसै गरि सम्पुर्ण वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु संयुक्त विज्ञप्ती जारी गर्दै नगर प्रमुखका समर्थकहरुले विभिन्न सामाजिक सञ्जालमा समय समयमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुमाथि अपमानित भाषा प्रयोग गरी गालिगलौज तथा धाक धम्की दिने सामाजिक प्रतिष्ठामाथि आफ्ना समर्थकहरुलाई अराजक कार्य गर्न उक्साउने लगायत नियोजित कार्यक वडाध्यक्ष माथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको हाम्रो ठहर गरेको छ ।

कानुन, विधि र पद्धतिको पालनाले मात्रै विकास र शुसासन सम्भव हुने भएकाले धरानमा भईरहेका अराजक गतिबिधिलाई रोक्न नगर प्रमुखको मुख्य भुमिका हुने भएकाले मेयरले नै भुमिका खेल्न बिज्ञपति मार्फत आग्रह गरिएको छ ।धरानमा शान्ति सुरक्षा कायम गरि जनप्रतिनिधिले सुरक्षित वातावरणमा जनताको सेवा गर्ने वातावरण तयार गर्न प्रशासनसँग उनीहरुले माग समेत गरेका छन् ।

ilaka-4

किर्ते टिएलकोका अध्यक्ष विरुद्ध १४ वटा टिएलओ अध्यक्षको उजुरी

किर्ते हस्ताक्षर गरि टोल विकाश समितीको नाममा धरान वडा नम्बर १७ का वडाअध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज) लाई दुव्र्यवहार गर्ने विरुद्ध स्थानीय १४ वटा टोल विकाश समितीले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।
नमुना टोल विकाश संस्थाका अध्यक्ष गोविन्द श्रेष्ठ विरुद्ध उनीहरुले उजुरी दिएका हुन् ।

टोल विकाश समितीका पदाधिकारीको चरित्र हत्या हुने गरि किर्ते काम गरेकाले श्रेष्ठलाई कारवाही गर्न माग गरेका हुन् ।
आइतबार गोविन्द श्रेष्ठको अगुवाईमा वडा कार्यालय पुगेर वडाअध्यक्षलाई दुव्र्यवहार गरेको उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । उनले ‘हामी हर्क साम्पाङको मान्छे हौं, भन्दै वडाको विकाश निर्माण ठप्प भएकाले नगर प्रमुख सँग सहकार्य गरेर अघि बढ्न भन्दै कार्यालय भित्रै हुलहुज्जत गरेको ’ आरोप लगाएका छन् ।

ilaka-3
श्रेष्ठले कुनै पनि टोल विकाश समिती सँग सहकार्य र समन्वय नगरि वडा कार्यालयमा ज्ञापनपत्र लिएर गएको उनीहरुको भनाई छ । श्रेष्ठले समाजमा भ्रम सिर्जना गरेर सामाजिक सञ्जाल मार्फत सामाजिक सदभाव भडकाउन खोजेको उनीहरुको आरोप छ । गाउँ टोलमा सामाजिक सदभाव भडकीई अशान्ती हुन सक्ने भएकाले शान्ति सुरक्षाको व्यवस्था गरिदिन पनि माग गरेका छन् ।

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved