२५६७ औँ बुद्धजयन्ती धरानमा धुमधाम मनाइयो

  • बैशाख २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / शुक्रबार २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर शुक्रबार बुद्ध जयन्ती भब्यताका साथ मनाइयो ।

वैशाख पूर्णिमा गौतम बुद्धको जीवनका त्रि–संयोग पनि हो । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई वुद्धका त्रि संयोगको रुपमा मनाइन्छ ।

यसै क्रममा धरानमा पनि २५६७ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो । धरानमा रहेका विभिन्न गुम्बाहरुले विहान संयुक्त रुपमा शान्तिको ¥यालीको आयोजना गरेका थिए ।

कतिपय गुम्बाहरुले भने बुद्ध जयन्ति साप्ताहिक रुपमा मनाएका थिए । धरान ८ सिद्धार्थ चौकमा रहेको बुद्ध विहार अन्तर्गतको ज्ञानमाला संघ पूर्वाञ्चल उपाध्यक्ष चन्द्र हलुवाइले विभिन्न पाठपूजा तथा स्वास्थ्य शिविरसहित शुक्रबार शान्ति ¥यालीको अयाोजना गरेर मनाइएको बताइन् ।

यस्तै धरानमै रहेको शेर्पा गुम्बाका अगुवा मिङमा शेर्पाले विश्व शान्तिको कामना गर्दै धरानमा शान्ति ¥याली निकालिएको बताइन् ।

२५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायावतीको कोखबाट जन्मिनु भएका राजकुमार सिद्धार्थको सम्झनामा प्रत्येक बर्ष वैसाख पूर्णिमाको दिन बुद्ध जयन्ति मनाउने प्रचलन छ । यस अवसरमा गुम्बा, चैत्य, विहार, मठलगायतका पवित्र स्थानमा पूजा पाठ गर्ने गरिन्छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved