मजदुर सेक्टरबाट एमाले धरान नगर कमिटीमा निर्वाचितलाई सम्मान

  • वैशाख २२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मजदुर क्षेत्रबाट राजनीतिमा सक्रिय रहेर भर्खरै सम्पन्न धरान उपपमहानगर कमिटीको निर्वाचनमा निर्वाचित १२ जना श्रमिकलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) धरान नगर कमिटीले सम्मान गरेको छ ।

majdur 5 बैशाख ५ र ६ गते सम्पन्न नेकपा एमाले धरानको प्रथम अधिवेशनबाट नगर सदस्यमा निर्वाचित भएका १२ जना श्रमिकलाई शुक्रबार सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा यातायात क्षेत्रका कमल भट्टराई, धनबहादुर राई, विवेक राई, आननकुमार राई, दिपककुमार श्रेष्ठ बनेपाली र दिनेश कोइराला रहेका छन् ।

त्यस्तै सुरक्षा क्षेत्रबाट गोपीनाथ योगी, रत्न नेम्वाङ र प्रविण राई रहेका छन् । त्यसैगरी निर्माण क्षेत्रबाट अब्बास अन्सारी र लोककुमारी श्रेष्ठ रहेका छन् । स्वास्थ्य स्वयम्सेवी क्षेत्रबाट विजयकला राई रहेका छन् ।

majdur 3 सम्मान कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ८३ सदस्यीय नगर कमिटीमा १२ जना मजदुरहरुको प्रतिनिधित्व एमाले नगर कमिटीमा रहेको बताएका थिए । जिफन्ट राष्ट्रिय कमिटी सदस्य समेत रहेका राईले सर्वहारा श्रमजीवी वर्गको हित बाहेक कम्युनिष्ट पार्टीको अर्को कुनै स्वार्थ नहुने बताउदै कम्युनिष्ट घोषणापत्रको मर्म अनुसार पार्टीमा काम गर्न सुझाव दिएका थिए । उनले मजदुरहरुको एजेण्डामा पार्टीलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

majdur 2 सम्मानितहरुको तर्फबाट धरान १० का वडा अध्यक्ष समेत रहेका विवेक राईले जिफन्टको मार्गनिर्देश अनुसार काम गर्दै राजनीतिमा होमिएको बताएका थिए उनले आफु मजदुर सेक्टरबाट राजनीतिमा प्रवेश गरेकोमा गर्व लागेको बताए ।

majdur 1 कार्यक्रममा क्यूपेक नेपालका उपमहासचिव मुक्तिनाथ गिरी, अटोमेकानिक्स टे«ेड युनियनका प्रतिनिधि परिषण् उपप्रमुख रङ्गलाल गिरी, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । जिफन्ट नगर अध्यक्ष शमशेर बर्देवाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव डम्बर अधिकारीले र स्वागत मन्तव्य विकेश श्रेष्ठले गरेका थिए ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved