कसारेको आगो दन्किएर लुट्यो खुसी

  • वैशाख २२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt - फाइल तस्बिर

इलाम /  इलामको सन्दकपुर गाउँपालिका ३ सुलुबुङका लोकु पाठकको आँगनमा बुधबार आफन्त र गाउँले भेला भएका थिए । विहीबार जेठी छोरी पुजाको विवाहको तयारीकालागी अघिल्लो दिन सबै भेला भए ।

जग्गे, गेट, मन्डप तयारी भईरहेकोे थियो । घरको एउटा कोठामा वेहुलीको माला उनिँदै थियो । सँगै बेहुली सिँगार्ने टिम पनि व्यस्त थियो । विवाहको दिन आउने पाउनाको लागि चुल्होमा सेल रोटी पाक्न थाल्योे । तर एक्कासी घरमा लागेको आगोले वैवाहिक कार्यक्रम मात्र रोखिएन श्रीसम्पत्ति नै स्वाहा भयो ।

विवाहको तयारी भएको हुँदा धेरै मानिस भेला भएपनि स्थानीयले अनेकन प्रयास गरे तर दन्किएको आगो नियन्त्रण गर्न सकेनन् । रमझम साथ विवाहको तयारी शुरु भएको पाठक परिवारमा मध्यान्नको एकैछिन दन्केको आगोले सबै खुसि खोस्यो ।

आगलागीको क्रममा दुईवटा ग्यासको सिलिण्डर पड्कीएको स्थानीय खेमराज ढकालले बताए । ‘सिलिण्डर निकालेर फाल्न खोजे सकिन नजिक रहेका दुबै पड्किए । आगलागीको कारण घरमा रहेको सबै समान जलेर नस्ट भए । घर खरानी भएपछि पाठक परिवार दाजु मात्रिका पाठकको घरमा बस्दै आएका छन । प्रहरीले ३० लाख क्षती भएको जनाएको छ 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved