‘आयोजनाहरुले गरीवी निवारणमा ध्यान दिनु पर्दछ ’

  • वैशाख २०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे ।

उनले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताए ।

उनले आयोजना सफल पार्न निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिए । उनले सरकारी क्षेत्रको मात्र सहयोगमा आयोजना सफल हुन नसक्ने बताए । आयोजनाले काम गर्दै जाँदा बजारीकरण लगायतका अनेक समस्या आउने भएकाले ती समस्याको समाधान गर्न निजी क्षेत्र अपरिहार्य भएको मुख्यमन्त्री कार्कीको भनाई छ ।

पहाडी क्षेत्रका विभिन्न ३४ जिल्लालाई कार्य क्षेत्र बनाएर सञ्चालनमा आएको उक्त आयोजनाले स्याउ, एभोकार्ड लगायतका फलफूल उत्पादनमा लगानी गर्दै आएको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved