चरित्रहत्या भएको भन्दै वडाध्यक्षले आपति जनाए

  • वैशाख २०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् ।

धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनर्गल हल्ला फिँजाएर चरित्र हत्या गर्ने प्रयास केही तत्वले गरेकोप्रति आपत्ति जनाएका छन् ।

उनले यसका लागि आफूले कानुनी उपचार खोजिरहेको बताए । उनले भने–‘सामाजिक सञ्जालमार्फत मेरो बारेमा अनर्गल हल्ला फिजाएर भ्रम छर्ने काम गरिएको पाइएको छ, यसले मेरो चरित्र हत्या हुने काम गरेको छ, म कानुनी उपचारमा जाने तयारीमा छु।

मङ्गलबार वडाकार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले यस्ता व्यक्तिहरुलाई कानुनी कारबाहीको लागि उजुरी समेत दिइसकेको बताएका छन् । उनले भने ‘चरित्रहत्या गर्ने आरसी राईविरुद्ध उजुरी दिएको छु ।

आरसी राईले फोन गरेका थिए । तर तपाई जस्तो चरित्रहीन मान्छेसँग बोल्दिन । प्रहरीमा नै छलफल हुन्छ भनेर फोन राखे।’उनले आफू काठमाण्डौमा भएको बेला जम्मा गरेको पानी फ्यालेको आरोप लगाउँदै धराने जनतालाई भ्रम फैल्याउने काम गरेर मेरो चरित्र हत्या गर्ने काम भएको बताए ।

उनले भने–‘मलाई पानी फालिएको विषयमा आरोप लगाइएको छ, त्यसबेला म काठमाण्डौमा थिए, वास्तविकता भन्दा बाहिर गएर कसैको चरित्र हत्या गर्न पाइदैन, यस्तो कार्य गर्न कसैलाई छुट छैन । समिर तामाङ नगर प्रमुख हर्कराज राई (साम्पाङ) को समूहबाट निर्वाचनमा प्रदेशसभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेको बताउँदै अहिले उनीहरु नै स्वतन्त्र नागरिक, सचेत नागरिक भएका छन् ।

उनले भने स्वतन्त्र नागरिक पनि उही, सचेत नागरिक पनि उही, यो समूहले धरानका २० जना वडाध्यक्षलाई कालो मोसो दल्ने धम्की दिएको बताए । उनले भने के का आधारमा कालो मोसो दल्ने ? किन दल्ने ? कतिबेला कालोमासो दल्न आउँछन भनेर गाला थापेर बसेका छौँ ।उनले मेयर हर्क साम्पाङले कोकाहाबाट खाने पानी ल्याउने सम्बन्धमा संस्थागत निर्णय गर्नुपर्ने बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved