वडाध्यक्षले भूमिहाविहीन बनाएको भन्दै महिला प्रतिनिधिद्वारा ज्ञापनपत्र

  • वैशाख २०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /इनरुवा नगरपालिका महिला जनप्रतिनिधिहरुले वडाध्यक्षहरुले काम गर्न नदिने, निर्णयमा समावेश नगर्ने तर निर्णयपश्चात सही गर्न लगाउने जस्ता अपमानजनक काम गरेको भन्दै मेयर केदार भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले एउटै विधि र प्रक्रियाबाट निर्वाचित भएर आए पनि वडाध्यक्षहरुले मनोमानी ढंगले बैठक बोलाउने, आफू खुशी निर्णय गर्ने, महिला सदस्यहरुलाई वेवास्ता गर्ने, कुनै प्रकारको सोधपुछ नगर्ने, एकलौटी ढंगले गरेका निर्णयहरुमा हस्ताक्षर गर्न मात्र दबाब दिने आरोप लगाएका छन् ।

ज्ञापनपत्रमा उनीहरुले महिला जनप्रतिनिधिहरुलाई भूमिका विहीन बनाउने कामको अन्त्य हुनुपर्ने, योजना तर्जुमा सम्बन्धी तालिम दिनुपर्ने, महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, वैठक बोलाउँदा तीन दिन अगाडि नै एजेण्डा सहितको पत्र उपलबध गराउनुपर्ने माग अगाडि सारेका छन् ।

महिला जनप्रतिनिधि सञ्जाल इनरुवाकी संयोजक सविना सिग्देल आफूहरुलाई भूमिकाविहीन बनाइएको बताइन् । उनले भनिन्–‘हामीलाई हरेक काम गर्दा वडाध्यक्षहरुले आफूखुशी गर्ने गरेका छन्य सका विरुद्धमा हामीले मेयरलाई ज्ञापनपत्र बुझाएका छौं, हाम्रो मागको सुनुवाई हुनुपर्छ ।’

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved