संवेदनशील समुहकालागि इलामको वायु अत्यन्तै जोखिम

  • बैशाख १९, २०८०
  • भगीरथ भण्डारी
alt

इलाम / इलाम भन्ने वित्तिकै सुन्दर र स्वच्च भनेर चिनिन्छ । चियासँगै र अन्य बोटबिरुवाले हरियाली हुनु र उद्योग कल कारखाना नभएको कारण पनि इलामको वातावरण स्वच्छ छ भन्ने बुझाई छ । तर पछिल्लो समय इलामको वातावरण दिन प्रतिदिन प्रदूषण हुन थालेको पाइएको छ ।

सदरमुकाम स्थित उद्योग वाणिज्य सङ्घ सँगै रहेको अमेरिकन कर्नरका मापन गर्ने डिभाइस राखिएको छ । वायुको प्रदूषण मापनका लागि इलाममा राखिएको डिभाइसले इलामको वायु प्रदूषण जोखिममा रहेको कर्नरका हेम सागर पौडेलले जानकारी दिए ।

नेपालको सन्दर्भमा वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिए म दुई दशमलव पाँच मापन गर्दा प्रतिघन मिटर वार्षिक ४० माईक्रोग्राम सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ । त्यस्तै एक सय माईक्रोग्रामसम्म मध्यम र एक सय देखि एक सय ५० सम्म संवेदनशील समुहकालागि अस्वस्थ रहने उल्लेख गरेको छ ।

एक सय ५० देखि दुई सय सम्म अस्वस्थ, दुई सय देखि तीन सय सम्म धेरै अस्वस्थ र तीन सय देखि पाँच सय माईक्रोग्राम सम्म खतरनाक अवस्था रहने मापदण्डमा उल्लेख छ ।
इलाममा जडान गरिएको लो कष्ट सेन्सरको तथ्याकं अनुसार इलामको वायु औसत प्रति घन मिटर एक सय ४७ माईक्रोग्राम सूक्ष्म कणहरु पाइएको छ ।

जुन नेपाल सरकारको वायु गुणस्तर सम्बन्धी मापदण्ड २०६९ भन्दा चार गुणा बढी देखिएको पाइएको छ । जुन विश्व स्वास्थ्य सङ्गठनको भन्दा २९ गुणा बढी भएकोले इलामको वायु संवेदनशील समूहका लागि अत्यन्तै जोखिम रहेको देखाएको छ ।

इलामको वायु दिन प्रतिदिन जोखिमको अवस्थामा जान थाले सँगै वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन हुन थालेका छन । स्वच्छ वायु अभियान इलाम २०८० ले इलाममा एक महिनाका लागि विभिन्न गतिविधि सुरु भएको वातावरण संरक्षण मञ्चका अध्यक्ष हैकम घिसिङले जानकारी दिए ।

जस अन्तर्गत जनप्रतिनिधि साथै सरोकारवालासँग अन्तर्क्रिरया, विद्यालय तथा समुदायमा सचेतना, वायु प्रदूषण सम्बन्धी युवाहरूबिच टिकटक प्रतियोगिता, सचेतना मूलक होर्डिङ बोर्ड साथै पर्चा वितरण विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन साथै वक्तृत्वकला र चित्रकला प्रतियोगिता, बायु प्रदूषण न्यूनीकरणका कार्य योजना निर्माण गरिएको छ ।

यस्ता कार्यक्रमले जनचेतना फैलाउने र वातावरण संरक्षणमा सहयोग पुग्ने भन्दै गत वैशाख एक गतेबाट कार्यक्रम सुरु भएको घिसिङको भनाई छ ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved