विजयपुर / बराह सञ्चालनका लागि बराह बचत तथा ऋण सहकारी संस्था लि र बराह पीडित संघर्ष समितिबीच १८ बुँदे सहमति भएको छ ।
बराहको १२ औ साधारणसभाको अवसरमा धरान ८ मा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाकै हलमा बराहलाई सहज सञ्चालनका लागि निकास दिने विषयमा सहमति भएको हो ।
सहमतिमा अहिलेको असहज परिस्थितिलाई मध्यनजर गरी बराहलाई सहज रुपमा सञ्चालन गर्न दिने उल्लेख छ ।
बराहले सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार्दै सहज वातावरण बनाइदिएर एक पटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।
सोही अनुरोधलाई स्वीकार गर्दै बराह पीडित संघर्ष समिति, शेयर सदस्य तथा बचतकर्ताहरुले १८ बुदे सहमति गरी सञ्चालन गर्न दिने सहमति भएको हो ।
बराहका अध्यक्ष मानबहादुर दियालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष रमेश राई प्रमुख अथििित रहेका थिए ।
यसै गरी साधारणसभामा धरान ८ का धनवहादुर राई, संर्घष समितिका अध्यक्ष श्याम प्रसाद ढकालको उपस्थिति रहेको थियो ।