सञ्चारकर्मी माथिको अपमानजनक र अमर्यादित व्यावहारप्रति दलहरुको आपत्ति

  • बैशाख १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्लो समय सञ्चारकर्मीप्रति गरेको अपमानजनक र अव्यहारिक व्यवहारप्रति धरानका ५ राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले लोकतन्त्र स्थापनामा ठूलो भूमिका निर्वाह गर्ने सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी सञ्चारकर्मीहरुमाथि भएको अमर्यादित व्यवहारप्रति ध्यानाकर्षण भएको बताउदै आपत्ति प्रकट गरेका हुन् ।

नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग हेभेङ, नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी धरान नगर कमिटीका अध्यक्ष ताजुव लिम्बु, नेकपा एसका धरान नगर अध्यक्ष रेवतीरमण राईद्वारा संयुक्त हस्ताक्षरि विज्ञप्तीमा सञ्चारकर्मीमाथि भएको अपमानजनक र अव्यहारिक व्यापारप्रति आपत्ति जनाएका हुन् ।

उनीहरुले विज्ञप्तीमा भनेका छन्–‘जुन व्यवस्था र संविधानमा टेकेर उहाँ धरानको नगर प्रमुख हुनुभएको छ त्यही व्यवस्था र संविधान निर्माणमा नेपाली सञ्चार क्षेत्रले खेलेको भूमिका र त्यागको उच्च सम्मान गर्दै वर्तमान संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरिएको छ ।

जुन संविधान र विधिमा टेकेर उहाँ धरानको प्रमुख हुनुभएको हो, उहाँले त्यसको विपरीत हुने गरी नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पटक–पटक धावा बोलिरहेको हामीले महसुस गरेका छौं ।’

उनीहरुले मेयर साम्पाङलाई लोकतन्त्र स्थापनामा सञ्चारकर्मीहरुले खेलेको भूमिकाको मूल्यांकन गर्न अनुरोध गरेका छन् । ‘स्मरणीय छ – नेपाली प्रेसको अग्रसरता र भूमिकाविना नेपालको लोकतान्त्रिक आन्दोलन सम्भव थिएन । यसरी स्थापित भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेकै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो ।

लोकतन्त्रमा हरेक नागरिकलाई आफ्ना विचार र धारणा कुनै पनि माध्यमबाट अभिव्यक्त गर्ने अधिकार सुरक्षित हुन्छ । स्थायी प्रतिपक्षीको भूमिका निर्वाह गर्नु प्रेसको धर्म हो ।’ विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनीहरुले मेयर साम्पाङर्ला राजनैतिक दलहरूले प्रेसले गरेका आलोचनालाई सुझावका रूपमा ग्रहण गर्न र प्रेसले गरेको आलोचनालाई आफ्नो विरोधको रूपमा नलिन उनीहरुले विज्ञप्तीमार्फत अनुरोध गरेका छन्

।उनीहरुले प्रेस स्वतन्त्रताका लागि जस्तोसुकै कदम उठाउन पनि तयार रहेको विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।‘आफूलाई विधि, प्रक्रिया र कानुनभन्दा माथि ठानेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध धरानका नगर प्रमुखले प्रस्तुत गरिरहेको व्यवहारमा सुधार गर्न हामी सचेत गराउँछौं ।

राजनैतिक दलहरू जुनसुकै अवस्थामा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिएका छौं ।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि कोणबाट हुने प्रहारविरुद्ध जस्तोसुकै कदम उठाउन पनि हामी पछि नहट्ने कुरा स्पष्ट पार्न चाहन्छौं ।‘ विज्ञप्तीमा भनिएको छ ।

उनीहरुले नागरिकहरूको सूचनाको हकको रक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि सक्रिय सञ्चारकर्मीहरूलाई अविचलित भई पेसागत जिम्मेवारी पूरा गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गरेका छन् ।

उनीहरुले नेपाल पत्रकार महासघं, पेशागत संगठन तथा सञ्चारमाध्यमहरुले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि गर्दै आएका कार्यक्रममा सामुहिक ऐक्यबद्धता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved