पुनको आन्दोलनलाई धरानका विद्यार्थीको समर्थन

  • वैशाख १८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाल सरकारसँग चार बुदे माग राख्दै शुक्रबारबाट आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई धरानका युवाहरुले समर्थन जनाएका छन् ।

धरानको भानुचौककामा भएको कार्यक्रममा उनीहरुले पुनले राखेको माग जायज भएको भन्दै समर्थन जनाएका हुन् ।युवाहरुले भानुचौकमा कोणसभाको आयोजना समेत गरेका थिए ।

सुमन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा उनीहरुले नवप्रबर्दनको लागि हरेक बर्ष १.प्रतिशत बजेट छुट्टाउने ब्यवस्था गर्नुपर्ने, उधमशिलताको विकास गर्न नवउधमीको पहिचान र प्रबर्द्धन समिति बनाउनुपर्ने, सृजनशील नेपालीले निर्माण गरेको सामानहरुलाइ थप विकास गर्न सहयोग गर्नुपर्ने लगायत लेखिएको प्लेकार्ड बोकेर समर्थनमा उत्रिएका थिए ।

कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक,धरान जेसिस, महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी, केन्द्रीय प्रविधि क्याम्पस हातिसारका विद्यार्थी ,पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने, कोष खडा गर्नुपर्ने, वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, अनुसन्धानलाई प्रवर्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने ।

नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त नम्बर प्लेट दिनुपर्ने, पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने माग शुक्रबारबाट आन्दोलनमा उत्रिएका हुन् ।

जरा केन्द्रीत अभियान ...

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिच ...

वराहक्षेत्रमा महिलाह ...

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ् ...

नेवाः देय दवू सुनसरी ...

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार ...

स्तन क्यान्सरमा चेकज ...

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved