घाइते लाई र्आर्थिक सहयोग

  • बैशाख १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / कामको शिलशलिामा घाइते भएका १७ बर्षीय विवेक राईको उपचारका लागि मलेसियामा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।

कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा धनकुटा नगरपालिका वडा नं.२ का राई गम्भीर घाइते भएका थिए । मलेसियाको जोरबारु स्थित एआर स्टार कम्पनीमा कार्यरत नेपालभरीका १ सय १९ नेपालीहरुले ७१ हजार पाँच सय ३४ रुपैंया सहयोग गरेका हुन् ।

कम्पनीमा कार्यरत साबिक धनकुटा नगरपालिका ९ हाल वडा नं.७ का धनप्रसाद राई र उनका साथिहरु नरेश राई ,बिवश राई र राम प्रसाद राईको बिशेष पहलमा सो रकम संकलन गरिएको हो ।

उक्त रकम सुनिल राईकी श्रीमती सान्ताकुमारी राईले धनकुटा नगरपालिका. ५ बालमन्दिर स्थित बडीआमा धनकुमारी राईको घरमा रहेका पिडित राईलाई हस्तान्तरण गरिएको छ ।राईले धनकुटा ८ का का वडा अध्यक्ष रसबहादुर राईको रोहबरमा नगद हस्तान्तरण गरिएको हो ।

राई आमा बुवाविहीन अवस्थामा छथर जोरपार्टी गाउँपालिा वडा नं. ५ तेलियामा फुपुको घरमा बस्दै आएका थिए ।उनी गएको चैत्र ११ गते दुर्घटनामा परेका थिए । स्थानीय रमेश थापाले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा राईको अण्डाकोषमा गहिरो चोट लागेको थियो ।

हाल धरान स्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार गराईरहेका राईको जेष्ट ६ गत अण्डाकोषको शल्यक्रिया हुने चिकित्सकले बताएका छन् ।उनको उपचारमा करिव एक लाख रुपैंया लाग्ने पिडितको बडिआमा धनकुमारी राईले जानकारी दिइन् ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved