घरको छाना चुहिँदा फेर्न हस्तक्षेप नेपाल र भारत बिचको सिमाका समस्या

  • बैशाख १६, २०८०
  • भगीरथ भण्डारी
alt

इलाम / सुर्योदय नगरपालिका २ हिलेका धनबहादुर राईले सीमाक्षेत्रमा एसएसबीले घर मर्मत गर्न नदिएपछि आफूले सास्ती खेप्नुपरेको बताउछन । दशगजा नछोइकन आफ्नै बारीमा खानेपानीको सार्वजनिक ट्यांकी बनाउन
समेत एसएसबीले नदिएको आफ्नै जग्गामा चर्पी बनाउन र चुहिने छानो मर्मत गर्न समेत नदिएको उनको भनाई रहेको छ ।

सिमामा एसएसबीको बेसक्याम्प राखिनु अगावै घर मर्मत गर्न समेत नदिएपछि आफूले सास्ती खेप्नुपरेको बताउछन । एस एस विले आफ्नो सिमाना भनेर गाडेको खम्बा देखि नेपाल पट्टीका घरका छाना चुहिँदा छानो फेर्न सम्म रोक लगाई रहेको गुनासो छ ।

पहिलेको सिमाना सारेर नेपाल तर्फको भुमि मिचेर ल्याएको छ । वर्षो देखि बसिरहेका घरहटाउन समेत दवाव दिई रहेको छ । आफू बसिरहेको घर भत्काउन पटक पटक दवाव दिने गरेको कारण कुन बेला के हुनसक्छ भन्ने त्रासमा बसिरहेका स्थानीयको गुनासो छ ।

उनीहरु आफू नेपाल सरकारलाई राजस्व तिरेर जग्गामा बसिरहेको र पटक पटक सरकारलाई गुनासो राख्दा समेत समाधान हुन नसकेको बताउछन । २००७ साल तिर भन्सार रहेको भुमी पनि अहिले एस एस विले आफ्नो भन्ने गरेको स्थानीयकोे भनाई छ ।

उक्त ठाउँमा भन्सार नभएको पनि ३५ –४० वर्ष भईसक्यो त्यसठाउँमा भन्सार नआउने हो भने एस एस विले मिचेर ढाट लगाउन सक्ने स्थानीय बताउँछन ।सूर्याेदय नगरपालिका –२ हिलेमा एक वर्षअघि एसएसबीले वास्तविक सीमाभन्दा नेपालतिरको भू –भाग नै मिचेर खम्बा गाढ्यो । त्यस वेला त्यहाका स्थानीयले प्रतिकार गरेरै सिमा मिच्न रोकेका थिए ।

जबर जस्ती सिमा सार्दे गर्दा स्थानीयले प्रतिकार परेपश्चात दुवै टिमको छलफल पछि एस एस वि पछि हट्यो । केही वर्ष अघि वास्तविक सीमाभन्दा करिब २० मिटर वर गाढिएको खम्बा अहिले पनि त्यहीं छ ।

भारतले दशगजा नराखी संरचना निर्माण गरेको छ भने नेपाल पट्टि दशगजाको ठाउँ छोडेर आफ्नो नामको धनिपुर्जा भएको र सँधै तिरो तिरिरहेको जग्गामा भएका घर मर्मतमा समेत रोक्नेगरेको स्थानीयको गुनासो गरेका छन ।

२०६४ सालको संविधानसभा निर्वाचनलाई लक्षित गरी भारतले सीमाक्षेत्रको ३–३ किलोमिटरमा एसएसबीको बेसक्याम्प राखेको थियो । ती क्याम्पलाई भारतले अहिलेसम्म निरन्तरता दिएको छ । ती क्याम्प राखिएपछि एसएसबीले सीमास्तम्भ नै दशगजाभन्दा नेपालपट्टिको भू–भागतिर सार्नेगरेको दिप बहादुर बताउँछन ।

hila 1 (1) (1)

 गत वर्ष एस एस विले नेपाल पट्टी छिरेरै खम्बा गाड्न खोज्दा यहाँका महिलाले प्रतिकार गरेका थिए उनी भञ्छन ‘हामी चुप बसेका थियौं भने यतिबेला यो क्षेत्रको धेरै भू–भाग भारततिर परिसक्थ्यो । उक्त क्षेत्रमा एकवर्ष अघि पुस महिनामा रातको समयमा खम्बा गाढ्ने प्रयास गर्यो । भारतीय पक्षले दशगजामा एकलौटी रूपमा खम्बा गाढ्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हट्यो थियो ।

स्थानीय कमला सुब्बा शेर्पाले सीमा मिच्न खोज्दा आफूूहरूले प्रतिकार गर्नेगरेको सुनाइन् । गत बर्ष एसएसबीले राति आएर नेपाली भू–भागमा खम्बा गाढ्दा हामी महिलाले नै लखेटेका थियौं, उनीहरूले गाढेको खम्बा उखेलेर फालिदिएका थियौं । तर हिलेको ७१–११ देखि ७२–२५ नम्बर पिलरको बीचमा गाढेको खम्बा हटाउन एसएसबी बाध्य भएको थियो ।

हिलेमात्र नभएर पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दशगजामा रहेको छ ।
त्यसको नजिकै भारतले गुम्बा बनाएको छ । सन्दकपुरमा घर बनाउन समेत हस्तक्षेप गर्ने गरेको छ । कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, छब्बिसे, फाटक, लगाएतका ठाउमा पनि दशगजा अतिक्रमित छ ।

जसमध्ये भारतले दशगजाको धेरै स्थानमा पक्की सडक नै बनाइसकेको छ भने हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दशगजामा एसएसबी क्याम्प नै छन् । सिमानामा पर्ने दशगजामा नेपाल–भारत दुवैतर्फबाट ३२ घर बनेको तथ्यांक छ । मानेभञ्ज्याङमा नेपालतर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन्।

मानेभञ्ज्याङको मानेडाँडामा नेपालतर्फबाट २, सिमानामा भारतपट्टि ४, नेपालपट्टि २ तथा पशुपतिनगरमा दुवैतर्फ एउटा–एउटा घर बनेका छन् । सन्दकपुर, रोङ, माइजोगमाई गाउँपालिका र सूर्याेदय नगरपालिकाले भारतीय सीमा छोएका छन् । सुरक्षा निकायले २ वर्षअघि गरेको निरीक्षणमा इलामभित्र पर्ने भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटामात्रै फेला परेका थिए ।

जसमध्ये १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा रहेको छन् भने एउटा सीमास्तम्भ हराएको छ । रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ फेला परेको छैन । ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटामात्रै छन् । ४६ साना सीमास्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन् । मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् । यीबाहेक सहायक ७ र साना २ सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved