घर फर्किने बाटो नै अन्तिम बन्यो, खोटाङमा बाढीले दुईको ज्यान लियो

  • साउन ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीले दुई जनाको ज्यान गएको छ।

जिल्लाका दुई फरक स्थानका खहरे खोलामा आएको बाढीमा एक महिला र एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय परशुराम परियार रहेका छन्।

प्रहरीका अनुसार छाँगे खोलामा आएको आकस्मिक बाढीले शान्ता राईलाई बगाएको हो। आफन्तको घर गएकी उनी रातिसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए।

खोजतलासका क्रममा उनी खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। खोला तर्ने क्रममा एक्कासि आएको बाढीले उनलाई बगाएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा खहरे खोलामा आएको बाढीमा परी ७१ वर्षीय परशुराम परियारको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

लगातारको वर्षासँगै खोटाङका विभिन्न खोलानालामा पानीको सतह बढ्दै गएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले खोलानाला आसपास नजान तथा सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved