महिला घेदुङद्धारा स्कुल सामाग्री वितरण

  • वैशाख १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नेपाल तामाङ महिला घेदुङ, धरान नगर समितिले विपन्न ३० जना विद्यार्थीहरुलाई स्कुल व्याग र कापी वितरण गरेको छ ।

२५६७ औं बुद्ध जयन्ती र नयां वर्ष २०८० सालको अवसरमा धरानको विभिन्न वस्तीमा रहेका विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग र कापी वितरण गरिएको हो ।

यस वर्षको सोनाम ल्होछार–२८५९ को अवसरमा घरघरमा ल्होछार खेलेर संकलन गरेको रकमवाट धरानका विभिन्न वस्तीमा रहेका अति विपन्न विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्नमा टेवा पु¥याउने उद्देश्यले स्कुल सामाग्री वितरण गरिएको महिला घेदुङका धरान नगर अध्यक्ष गंगा तामाङले बताए ।

नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गंगा तामाङको अध्यक्षता र सचिव तारादेवी तामाङको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, जिल्ला सचिव मंगलसिंह तामाङ, नगर उपाध्यक्ष सपन तामाङ, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, धरान नगरका निवर्तमान अध्यक्ष प्रेम वाइवा, महिला घेदुङ धरानका उपाध्यक्ष गोमा गोले लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरुले शैक्षिक सामाग्री वितरण जस्तो समाजपयोगी कार्यक्रम गरेको भन्दै आयोजकको उच्च प्रशंसा गरेका छन् । उनीहरुले नेपाल तामाङ घेदुङले तामाङ समुदायको समग्र स्तरोन्नतिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved