कृषिमा जीवन खोज्दै कटुवाल

  • बैशाख १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / ७१ बर्षका  खड्गबहादुर कट्वाल आदर्श मावि चतराका पूर्व शिक्षक । ३७ वर्ष शिक्षण पछि अवकाश भएपछि उहाँ निरन्तर कृषि पेशामा आवद्ध हुनुहुन्छ । स्वदेशै माटोमा केही गर्न रोजगारीको लागि विदेश भौतारिनु नपर्ने उहाँको भनाई छ ।

१० बर्ष अगाडि शिक्षण पेशाबाट अवकास पाएपछि उहाँले २ विगाहा जग्गामा विभिन्न प्रकारका कृषि उत्पादन गर्दै हुनुहुन्छ । उहाँले रिटायर्ड जीवनलाई पनि व्यस्त र आम्दानी गर्ने माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।

सुनसरीका बराहक्षेत्र २ सप्तकोशीछेउ नजिक उकासस्थित आइबी कोलनीमा आफ्नो जग्गामा कृषिमा निरन्तर लागिरहेको देख्न सकिन्छ । २०७० सालमा शिक्षण पेशाबाट अवकाश पाएपछि उहाँ निरन्तर यही कृषि पेशामा आवद्ध छन् उनी । उनले सागसब्जी तथा फलफूल लगाएर मनग्गै आम्दानी गर्दै आएका छन् ।

३७ बर्षको शिक्षण पेशाबाट अवकाश पाएपछि कृषि पेशामा रमाएका उनी कृषिमा भविष्य रहेको बताउछन् । उमेरले ७१ बर्ष पुग्नु भएका उनलाई रिटायर्ड जिवनभन्दा कृषि कर्ममाा अझ रमाइलो लागेको सुनाउछन् ।

krishi-pic-2

उनले भावी सन्तानलाई पनि कृषि पेशाबाट भविष्य छ भन्ने सन्देश प्रवाह गर्न पनि यो उमेरमा कृषि पेशालाई अंगालेको बताए ।
सरकारले मल विउ र सिँचाइको व्यवस्था सरकारले गरिदिए कृषि पेशा उज्वल भविष्य बन्न सक्ने उनको तर्क छ ।

 सिचाई, उन्नत मलका विषयमा विगतदेखि नै स्थानीय र प्रदेश सरकारलाई माग गर्दै आएपछि सुनुवाई नभएको बताउँदै आएका उनले यी तीन कुरा सरकारले व्यवस्थापन गरिदिए भने मात्र कृषकलाई अन्य कुरा केही नचाहिने बताए ।

पहिलो पटक आइबी कोलनीमासूर्यमुखी फूलको खेतीको प्रयोग गरेका छन् उनले । जुन सफल पनि भएको छ । टिकटक पारखीहरुका कारणे सूर्यमुखी खेती भाइरल भएको छ । सूर्यमुखी फूलको खेतिपश्चात टिकटक बनाउनेको ओहोरो लाग्ने गरेको उनी बताउछन् ।

टिकटक बनाउँदा फूल नष्ट गर्ने गरे पनि टिकटक बनाउनेदेखि दिक्न लाग्दैन उनलाई । बरु टिकटक बनाउन आउनेहरुका लागि अझै व्यवस्थित गरिदिने उनको योजना छ ।
सुनसरीको बराहक्षेत्रका लागि कटुवाल अहिले उदाहरणीय व्यक्ति बन्नु भएका छन ।

जोश र जाँगर भए उमेरले छेक्दैन भन्ने सन्देशसँगै रोजगारी खोजेर विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै कृषि कर्म गर्न सके मनग्गे आम्दानी हुने सन्देश प्रवाह गरेका छन् । राज्यले कृषि पेशामा दिलो ज्यानले लाग्नेहरुलाई सहयोग पु¥याउने हो भने कृषिबाटै नेपालको आर्थिक विकास गर्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन् ।

अनुदानको व्यवस्था गर्दा पनि यस्ता वास्तविक कृषकलाई प्रदान गर्ने हो भने राज्यले कृषि क्षेत्रमा गर्ने लगानी सही ठाउँमा उपयोग हुनेमा दुई मत छैन ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved