कतारविरुद्ध नेपाल विजयी

  • वैशाख १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ एससी प्रिमियर कप क्रकेटमा नेपालले कतारविरुद्ध ६८ रनको फराकिलो जित निकालेको छ ।सन्दिफ लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले पराजित सफल भएको हो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो ।कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो ।

FB_IMG_1682594473889

नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११÷११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

समूह एबाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल आज कतारविरुद्ध जित निकाल्दै समूह विजेता बन्न सफल भएको छ । नेपालले खेलेका ४ मध्ये ३ मा जित निकालेको छ भने एक खेल वर्षाले अवरुद्ध हुँदा साउदी अरेबियासँग अंक बाँडेको थियो ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved