फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र आपसी समझदारीमा सुल्झाउन सबैको जोड

  • बैशाख १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।

कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् ।

उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधिकार हनन गर्ने तिमी को हौ ? भन्ने प्रश्न गर्दै प्रश्न गरेका छन् । उनले इटहरी युवासंघले गरेको कार्यलाई इंगित गर्दै सोमबार नै धरानका युवासंघलाई इंगित गर्दै अर्को फेसबुकमा स्टाटस हालेका छन् ।

उनले भनेका कछन्–‘धरानका युवा संघले आफ्नो सिमानाको बारेमा केही नबोल्ने हो ? ल ल... ’
उनले यस विषयमा इलाका प्रशासन कार्यालय धरानमा धरान उपमहानगरपालिकाको लेटर प्याड प्रयोग गरेर सीमा प्रारम्भ बोर्ड सम्बन्धमा इलाका प्रशासन कार्यालय धरानलाईलाई पत्राचार समेत गरेका छन् ।

पत्र संख्या ५०६/०७९/८० र चलानी नं.६९६१ धरान उपमहानगरपालिकाको सीमा क्षेत्रभित्र सीमा प्रारम्भ बोर्ड राख्दा युवासंघ इटहरीले जबरजस्ती हटाइएकोले आवश्यक कारबाहीको लागि अनुरोध गरेका छन् ।

उनले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय इनरुवा, इटहरी उपमहानगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीलाई बोधार्थ समेत दिएका छन् ।
इटहरीले सो क्षेत्रको सेउती पुलसम्म आफ्नो भुभाग दाबी गर्दै आएको छ यस अघि पनि धरान र इटहरीबीचको सिमा विवाद यो पहिलो पटक देखिएको होइन ।

यसअघि पनि सिमा विवाद हुँदा तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी र इटहरीका तत्कालिन मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमबीच धरानमा छलफल भएको थियो । उक्त छलफलमा सिमाना यकिन गर्ने सहमति भएपनि थप पहल र निष्कर्ष वा निर्णय भएको थिएन । पछि तत्कालिन मेयर तिलक राईको पालामा पनि सिमा विवाद उब्जिएको थियो, तर समाधान गर्न ठोस पहल हुन सकेको थिएन ।

वार्ता मार्फत समाधान खोज्न इटहरी उपमहानगरपालिकाका प्रमुखको आग्रह
सीमा विवादका सम्बन्धमा इटहरी उपमहानगरपालिकाले वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले यो दुई उपमहानगरपालिकाको समस्या भएकोले वार्ताद्वारा समाधान खोज्नुपर्ने धरानका मेयर हर्क साम्पाङ समक्ष कुरा राखेका छन् ।

मेयर पौडेलले ऐतिहासिक तथ्यलाई हेरेर विवाद सुल्झाउनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्–‘२०१० साल भन्दा अगाडि इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्य छ, यस ख्याल गरेर अगाडि बढ्नुपर्छ’ मेयर पौडेलले सोमबार पत्रकार सम्मेलन गर्दै द्वन्द्ध नभई आपसी सद्भाव र सहयोगी भावनाले दुई उपमहानगर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

उनले धरान र इटहरीका नागरिकका बिचमा कुनै किसिमको कलह, द्वन्द्व, द्वेष, बैमनश्यता, मतभेद सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गरेका छन् । उनले विज्ञप्ती निकाल्दै मार्फत उनले भनेका छन् , ‘दशकौँ अगाडी देखी प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनकालागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमा जस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुनेछ ।

त्यसैगरी दुवै उपमहानगरपालिका बिच द्वन्द्व सिर्जना नभई स्थायी समाधान हुने परिस्थिति बन्नेछ भन्ने ब्यहोरा सम्बन्धित सरोकारवालाहरूमा आग्रह र अनुरोध गर्न चाहन्छु ।’ उनले सीमा सम्बन्धी हेर्ने निकाय सँगको सहकार्यमा वार्ता मार्फत समाधान खोज्नु पर्ने कुरामा जोड दिएका छन् ।

‘सहमति गर्दा सीमाभन्दा बाहिर गएर नगर्ने’

धरान उपमहानगर र इटहरी उपमहानगरपालिकाको सीमा विवाद पुन: बल्झिएको छ । आइतबार धरान उपमहानगरपालिकाका मेयरको टोलीले इटहरी उपमहानगर नजिक रहेको पानी पियामा स्तम्भ बोर्ड राख्यो ।

त्यसो लगत्तै नेकपा एमाले निकट युवा संघ इटहरीले बोर्ड हटायो । यस सम्बन्धी इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौड्यालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी दुई उपमहानगरपालिकाबीच आपसी छलफलबाट टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । उनले साना साना कुराले द्वन्द्ध निम्त्याउने भन्दै द्वन्द्व निम्तिन नदिन दुवै उपमहानगरपालिका सचेत हुनुपर्ने बताएका थिए ।

लगत्तै बुधबार सीमाको विषयमा धरानका मेयर हर्क साम्पाङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा बोल्दै उनले नापी शाखाले कोरेको नक्सा अनुसार धरानको सीमा क्षेत्र पानी पिया नै रहेको दाबी गर्दै सहमति गर्दा पनि आफ्नो सीमा क्षेत्र नछोड्ने अडिक राखे ।

उनले आधिकारिक रुपमा धरान उपमहानगरपालिकाको राखेको सीमा प्रारम्भ बोर्ड उखेलेर फाल्नेलाई कारबाहीको माग समेत गरे ।
प्रहरीले राखेको बोर्डका कारण सर्वसाधारणका कन्फ्युजन भएको बताउदै यो बोर्ड नराख्ने विषयमा पनि छलफल हुने बताए ।

पत्रकार सम्मेलनमै उपमेयर अइन्द्रविक्रम बेघाले इटहरी क्षेत्र मात्र हैन धरानको सीमा अन्य क्षेत्रसम्म भएपनि सीमाको विषयमा झगडा गर्ने नियत नभई सीमा क्षेत्र स्पष्ट पार्न मात्र खोजिएको बताए । उनले धरानको सीमा यतिसम्म पर्छ भनेर दाबी गर्ने अधिकार आफूहरुसँग रहेको बताए ।

यस विषयमा इलाका प्रशासन कार्यालय धरानमा धरान उपमहानगरपालिकाको लेटर प्याड प्रयोग गरेर सीमा प्रारम्भ बोर्ड सम्बन्धमा पत्राचार समेत गरिसकेको जानकारी गराए ।
धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको आधिकारिक सिमाना पानीपिया क्षेत्र नै भएको बताए ।

उनले नेपाल सरकारको नापी विभागबाट जारी भएको नक्सामै धरान उपमहानगरपालिकाको सीमा क्षेत्र पानी पिया नै भएको स्पष्ट नक्सामा भएको बताए ।
उनले अनुसार साविक हाँसपोसा गाविसको कृषि फाराम उत्तरतिर शान्तिनगर जाने बाटोभन्दा ३३२ मिटर उत्तरदेखि धरानको सिमाना शुरु हुने र त्यस ठाँउबाट २.९५ किलोमिटर उत्तरसम्म राजमार्गको पश्चिमपट्टी धरान र पूर्वपट्टी ईटहरी रहेको बताउदै त्यस स्थानपछिको उत्तरतर्फ राजमार्गको दुबै पट्टि धरान पर्ने उनले बताए ।

यसैको आधार धरानको क्षेत्रफल १९२.३२ वर्ग किलोमिटर र इटहरीको क्षेत्रफल ९३.७८ वर्ग किलोमिटर नेपाल सरकारले कायम गरेको नक्सामा रहेको उनको भनाई थियो ।
इटहरी र धरानको सिमाना पानीपिया भएपनि कोशी राजमार्गमा पर्ने सेउती खोलाको पुललाई मानिदै आएको छ । सेउती खोला दक्षिणको सामुदायिक वन क्षेत्र इटहरी क्षेत्रले संरक्षण, भोगचलन गर्दै आएका छन् ।

विगतमा पनि यो समस्या दोहोरिदै आएको थियो । अहिले पनि सीमा समस्या दोहारिएकाृ छ । यस भन्दा अगाडि धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बा, कावा मेयर मञ्जु भण्डारीको समयमा सीमा सम्बन्धी विवाद चुलिदा छलफल र आपसी सहमतिपछि टुंगो लगाउने भनिए पनि टुंगो लाग्न सकेको थिएन ।

पुन:मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको सीमा क्षेत्र सेउती पुल नभई इटहरी उपमहानगरपालिका नजिक रहेको पानी पिया भएको भन्दै सीमा प्रारम्भ बोर्ड राखेपछि विवाद चुलिएको हो ।

 

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved