सिमाना मिच्नु नेपाललाई हेपेको अनुुभुति : ओली

  • वैशाख १४, २०८०
  • "भगीरथ भण्डारी"
alt

इलाम /  नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रले अर्को राष्ट्रमो भूमि मिच्नु जायज नभएको बताएका छन् ।
पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्न इलाम आएका ओलीले इलामको पशुपतिनगर पुगी सिमा अवलोकन पश्चात भारतले नेपाली भूमि मिचेकोप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दे ओलीले नेपाल र भारत असल छिमेकी भएको बताउदै नेपाली भूमि मिच्ने काम गर्न नहुने तर्क राखेका थए ।

दुई देशको सिमानाको दशगजामा प्रहरी पोष्ट सञ्चालन गर्ने र बेला बेला सिमानामा समस्या ल्याउनु नेपालमाथिट हेपाहा प्रवृति रहेको उनको भनाई थियो उनले भने ‘सानोतिनो अर्घेल्याइँ गरेर भारतले कुनै ठूलो लाभ पनि प्राप्त गर्ने होइन, यो व्यवहारले नेपाललाई आफूलाई हेपिएको अनुभूति हुन्छ,’ उनले भने, ‘हेपिएको महसुुस हुँदा कसैलाई राम्रो लाग्दैन, भारतले सुन्छ होला । यस सम्बन्धमा निष्कर्ष निकाल्ने गरी कुरा गर्छौ ।’

नेपाल भारत खुल्ला सिमाना इलाम क्षेत्रमा ५२ किलोमिटर रहेको ठाउँमा विभिन्न क्षेत्रमा समस्या रहेका छन् । सन्दकपुर, कालपोखरी, माने भञ्ज्याङ, फाटक, हिले लगायतका ठाउँमा वर्षौ देखि समस्या आईरहेका छन । भारतले दशगजा क्षेत्रमै संरचना निर्माण गर्ने गर्छ भने नेपालतर्फ आफ्नै भ्मिमा संरचना निर्माणमा समेत हस्तक्षेप गर्छ ।

सदरमुकामको गौतमबुद्ध सभागृह (सिटी हल)मा आयोजना गरिने बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्बाङ इलाम आएका हुन । बैठकमा जिल्ला परिषद् तथा विभागीय पदाधिकारी र सदस्य, पालिका र इलाका कमिटीका पदाधिकारी, जनसंगठन, पेसागत संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं वडा र शाखा कमिटी अध्यक्ष सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।

ओली आउने क्रममा आफ्नै गृह जिल्ला झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे मा कोशी प्रदेश नामाकरणको विरोध गर्दै पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

सो क्रममा उनीहरूले अध्यक्ष ओलीको सवारी माथि ढुंगा मुढा प्रहार गरेपछि कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो । एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्माङले ओलीले जनताका समस्या बुझ्न गाउँ जाँदा यस्तो घटना घट्नु दुखद भएको बताए ।

उनले संविधान अनुरुप प्रक्रिया पु¥याएर नामाकरण गरिएको बताउदै नामाकरणको विषयमा यस्ता क्रियाकलाप गर्नु अमर्यादित रहेको बताएका थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved