अख्तियार विधेयकमा सांसद शर्माले दर्ता गराए संशोधन प्रस्ताव

  • वैशाख १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले उद्योग, व्यवसाय लगायत सबै निजी क्षेत्रको अनुगमन गर्ने बेग्ला–वेग्लै निकाय रहेकाले निजी क्षेत्रमा अख्तियार आउँन आवश्यक नरहेको भन्दै अख्तियार विधेयकमा संशोधन प्रस्ताव गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको (तेश्रो संशोधन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सांसद शर्माले यस्तो संसोधन प्रस्ताव राखेका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११३ मा उल्लेखित शर्तको अधिनमा रही नियम ११२ बमोजिम विधेयकमा संशोधनका लागि सांसद शर्माले संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

‘बैंकको अनुगमन गर्ने राष्ट्र बैंक छ, करको क्षेत्र हेर्ने कार कार्यालयहरु छन्, सबै क्षेत्रको अनुगमन गर्ने आ–आफ्नै निकाय छन्,’ सांसद शर्मा भन्छन्, ‘निजी क्षेत्रमा अख्तियार आउनु भनेको उल्टै घुसको चलखेल बढ्नु हो, निजी क्षेत्रमा अख्तियार आउँनु आवश्यक छैन ।

सांसद शर्माले अख्तियारमा उजुरी दिने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने कानून निर्माण गर्न पनि प्रस्ताव गरेका छन् । उजुरी गर्ने व्यक्तिले आफ्नो परिचय खुल्ने प्रमाण साथै पेश गर्नुपर्नेछ’ भन्ने शब्द ऐनमा थप गर्न सांसद शर्माको प्रस्ताव छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा बेनामी उजुरी दर्ता गरेर दुःख दिने गरेको गुनासो बढिरहेका बेला सांसद शर्माले उजुरी कर्ताको नाम खुलाउनुपर्नेसहित आठ वटा संशोधन प्रस्ताव पेश गरेका हुन् । विधेयकको एउटा दफा र दुई वटा उपदफा हटाउँनसहित केही वाक्यांश संशोधन गर्न सांसद शर्माले प्रस्ताव गरेका छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved