खेलकुद विकास बोर्डविरुद्ध अख्तियारमा उजुरी

  • वैशाख १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।
खेलकुद विकास बोर्डले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दा ट्रयाकसुट,मेडल, टेन्ट‚खेल सामग्री खरिदलगायतका ७ वटा शीर्षकमा फागुन १५ गते अख्तियारमा उजुरी परेको थियोे ।

अख्तियारले यस विषयमा राय प्रतिक्रियासहित १५ दिनभित्र प्रमाणित कागजात पठाउन फागुन २२ गते बोर्डलाई पत्र पठाएको हो ।
अख्तयारमा परेको उजुरीमा खेलकुद प्रतियोगिताका निम्ति खेलाडीहरुलाई उपलब्ध गराउन खरिद गरिएको ४ हजार २ सय थान ट्र्याकसुट खरिद तथा वितरणमा रकम हिनामिना गरेको, मेडल खरिद, प्रमाण पत्र छपाई, टेन्ट भाडावापतको रकम हिनामिना तथा अनियमितता गरेको  ।

खेलाडीलाई उपलब्ध गराइने दैनिक तथा भ्रमण भत्तामा कागज मिलाई हिनामिना गरेको, खेलकुदका सामान तथा सामग्री खरिदमा अनियमितता गरेको,बन्द प्रशिक्षणमा खेलकुदका सामान शीर्षकको ७ लाख, औषधी शीर्षकको ५लाख र विविध शीर्षकको ५ लाखमा बिल मिलाएर हिनामिना गरेको, ६ खेल सामग्री ढुवानीमा ३ लाख हिनामिना गरेको र उद्घाटन समारोहमा शैलेश विष्टले २० लाख खर्च देखाई रकम हिनामिना गरेको विष्टले लिएको ४० लाख पेश्की बिल मिलाएर हिनामिना गरेको आरोप बोर्डमाथि लागेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved