सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार अझै पनि अभिभावक पढाउन चाहँदैनन्

  • बैशाख १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् ।

पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १६ ले पनि आफ्नो वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ ।
वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो ।

स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक विद्यालयहरुको गुणस्तरमा केही सुधार आएको भएपनि अभिभावकहरुले अझै पनि आफ्ना नानीहरुलाई सामुदायिक विद्यायलाई विश्वास नगरेको, नीजि विद्यालयमै महंगो शुल्कमा पढाउने गरेको पाइएको छ ।

धरान १६ मा रहेको शारदा बालिका नमूना मावि धेरै पुरानो सामुदायिक विद्यालय हो । यहाँ छात्राहरुमात्र अध्ययन गर्छन् । २००५ सालमा स्थापित यो विद्यालयले विगतदेखि शैक्षिक गुणस्तरमा ध्यान दिँदै आएको छ ।

विद्यालयका शिक्षक पदम लुइटेल यहाँ अध्ययनरत विद्यार्थीहरु अनुशासनमा अगाडि रहेको दाबी गर्छन् । उनले जेहेन्दार र पढ्न नसक्ने विद्यार्थीहरुलाई छुट्टाछुट्टै क्याटागरीमा राखेर पढाउने गरेको बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आए पनि अभिभावकमा भने सामुदायिक विद्यालयप्रति अझै विश्वास नरहेको उनको भनाई छ ।
उनले अहिले नीजि विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कम नभएको दाबी गरेका छन् ।

बालबाविकादेखि कक्षा ८ सम्म पढाई हुने पञ्चायत आधारभूत विद्यालयमा प्राय ः निम्न आय भएका अभिभावकका विद्यार्थीहरु मात्र अध्ययन गर्ने गर्छन् । विद्यालयको शैक्षिक गुणस्तरमा कुनै कमी नभए पनि विश्वासको कमी भएकोले एक पटक आफ्ना बालबालिकाहरुलाई यस विद्यालयमा पढाएर हेर्न अभिभावकहरुलाई विद्यालयकी सहायक प्रद्यानाक्यापक रमा सिंघक (लिम्बु)ले अनुरोध गरिन् ।

सामुदायिक विद्यालयहरुले नीजी विद्यालय बोर्डिङजस्तै कक्षा १ देखि नै अंग्रेजी माध्ममा पढाइ शुरु गरेका छन् । धरान १६ को भगवती आधारभूत विद्यालय पनि धरानको पुरानै विद्यालयभित्र पर्छ यो विद्यालयमा पनि अहिले अंग्रेजी माध्यमबाट पढाइ हुने गर्छ ।

यस विद्यालयमा सुकुम्बासी बस्ती, गरिब तथा असहाय वर्गका विद्यार्थीहरु अध्ययन गर्ने भएकोले विद्यालय पोसाकदेखि निःशुल्क उपलब्ध गराउनेदेखि अन्य कुरामा छुट दिएको छ । तर पनि विद्यार्थीको संख्यामा वृद्धि हुन नसकेको भगवतीका प्रद्यानाध्यापक अच्युत पराजुलीले बताउछन् ।

संस्कृत माध्यमबाट पढाइ हुने धरानकै पुरानो चन्द्र सँस्कृत माविको पनि हालत अन्य सामुदायिक विद्यायको भन्दा फरक छैन । सँस्कृत माध्यमबाट पढाइ हुने धरानकै एक मात्र विद्यालयको शैक्षिक गुणस्तरमा जति सुधार गरे पनि विद्यार्थीको संख्यामा भने वृद्धि हुन नसकेको सहायक प्र.अ. तारा कुमार राई बताउँछन् ।

धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारी भट्टराईले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आए पनि अभिभावकको विश्वास जित्न सामुदायिक विद्यालयले नसकको बताए ।

उनले अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार भएको पाइएकोले सम्पूर्ण वडाबासीहरुलाई आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह समेत गरे ।

पछिल्लो समय स्थानीय सरकारले केन्द्रसँग नबाझिने गरी शिक्षा ऐन निर्माण सक्छ । मोरङको मिक्लाजुङ गाउपालिकाले केही समय अगाडि जनप्रतिनिधि, कर्मचारी विद्यालयका शिक्षक तथा शिक्षिकाले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने प्रावधान ल्याएको छ । यस्तै प्रावधान अन्य स्थानका स्तानीय तहले गर्न सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुदृढ हुने धरानका शिक्षाविदहरु बताउँछन् ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved