खानेपानीको बोर्डको हरहिसाबदेखि तुच्छ शब्द बोलेको आरोप "मेयरमाथि युवाहरुले गरे प्र्रश्नैप्रश्न"

  • वैशाख १४, २०८०
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति प्रति आपत्ति जनाउँदै दलसँग आवद्ध युवाहरुले सच्चिन अनुरोध गर्दै मेयर साम्पाङलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरुले मेयर साम्पाङले युवाप्रति लक्षित गरी अभिव्यक्त गर्नुभएका गुण्डाको संज्ञा, दलका झोल, झयासझुसे र गुइठे जस्ता गलत शब्द प्रयोग गरेर धरानको गरिमा घढाएको भन्दै युवाहरुले मेयर साम्पाङलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेपाली काँग्रेस सम्बद्ध नेपाल तरुण दल धरानका उपाध्यक्ष विक्रम तामाङ, एमाले सम्बद्ध राष्ट्रिय युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहाल, नेकपा माओवादी केन्द्र सम्बद्ध वाइसिएयलका प्रदेश कमिटी सदस्य उषा परियार र संघीय लिम्बुवान मञ्च सम्बद्ध लिम्बुवान युवा मञ्च धरानका अध्यक्ष रमेश राईद्वारा हस्ताक्षििरत ध्यानाकर्षणपत्रमा सामाजिक सञ्जालमा प्रयोग गर्ने शब्द, लामो समयदेखि कार्यपालिका बस्न नसकेको विषय लगायत ८ वटा बुँदामा उनीहरुले मेयरलाई प्रश्न गरेका थिए ।

IMG-20230427-WA0008

उनीहरुहरुले राम्रा कामको समर्थन र कामको आलोचना गर्ने युवाहरुलाई सकारात्मक अग्रसर गराउनु पर्नेमा गुण्डाको उपमा दिने झोले जस्ता तुच्छ शब्दावली युवाहरुलाई उत्तेजित बनाउने हुँदा यसतर्फ मेयर साम्पाङलाई गम्भीर हुन आग्रह गरेका थिए ।

उनीहरुले ज्ञापनपत्रमा खानेपानी समस्या समाधानका लागि मेयरले गरेको कामलाई सकारात्मक रुपमा लिए पनि कोकाहा, सर्दुः खद्, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरु र कानुनी प्रक्रिया,सहमति र समग्र परियोजनाको आधार, धरान खानेपानी व्यवस्थापन बोर्डमा नगर प्रमुखको हैसियतमा सदस्य रहे पनि बोर्डमा पारदर्शिता नरहेको, कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक भए पनि पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।

धरानको खानेपानीको लागि दाताहरुले दिने सहयोग रकम बाणिज्य बैंकको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट निर्णय गरी खाता नम्बर समेत सार्वजनिक गरिएको भएपनि संस्थागत रुपमा बैंक खातामा रकम जम्मा नगरी व्यक्तिगत रुपमा रकम मनोमानी ढंगले चलाएर आय व्यय विवरण सार्वजनिक नगरेको कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण, नियमित विपरीत स्वकीय सचिवबाट नगरपालिकाको प्याडबाट पत्र काटेर गलत काम गरेको ।

IMG-20230427-WA0010

धरान र इटहरीको सिमा विवादमा सम्बन्धित पक्षसँग छलफल नगरी विवाद बढाउने काम गरेको र नियमित कार्यपालिका बैठक अवरुद्ध गरेर धरानको समग्र विकासमा अवरोध पु¥याउने काम गरेको विषयमा उनीहरुले मेयरमाथि जिज्ञासा राखेका थिए । उनीहरुले युवाहरु देशको हरेक परिवर्तनमा आगाडि रहेको बताउदै तानाशाही प्रवृत्ति धरानमा रहिरहे त्यसका विरुद्धमा युवाहरु कडा रुपमा उत्रने चेतावनी समेत दिएका थिए ।

ध्यानाकर्षणपत्र बुझेपछि छोटो प्रतिक्रिया दिँदै मेयर साम्पाङले कार्यपालिकाको बैठक बस्ने विषयमा प्रयास भइरहेको बताएका थिए । उनले बुँदागत रुपमा बुझाइएको यो ध्यानाकर्षणपत्र पालनामा आफू गम्भीर हुने आश्वासन युवाहरुलाई दिएका थिए ।

ध्यानाकर्षणपत्र बुझाउन अघि चार दल सम्बद्ध युवा संगठनलाई उपमहानगरपालिकाभित्र केहीसमय प्रवेश गर्न दिइएन । उनीहरुले यस विषयमा आक्रोस समेत पोखेका थिए । झडप हुने सम्भावना भएको भन्दै जनपथ प्रहरी, शशस्त्र प्रहरी र नगर प्रहरीले उनीहरुलाई गेट अगाडि नै राकेको थियो ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved