‘आन्दोलनको औचित्य छैन ’

  • बैशाख १४, २०८०
  • भगीरथ भण्डारी
alt

इलाम / नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोशी’ ले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको बताएका छन् । उनले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न जनताको मत जितेर दुई तिहाई पु¥याउन आन्दोलनकारीलाई सुझाव दिए ।

इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामको विरोधमा भइरहेको आन्दोलन औचित्यपूर्ण नभएको बताए । उनले अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शन आतंककारी क्रियाकलाप, उद्दण्डता भइरहेको जनाए ।

रुख लडाएर बाटो अवरोध

मेची राजमार्गको इलाम नगरपालिका–१० गोदक खण्डमा रुख ढालेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाटो अवरुद्ध गरिएको छ । बिहीबार ओली सूर्योदय नगरपालिकाबाट इलाम बजारको कार्यक्रममा जाँदै गर्दा प्रदर्शनकारीहरुले मेची राजमार्गको इलाम नगरपालिका–१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन् । कोशी नामकरणको विषयलाइ लिएर आन्दोलन गर्दै सडक अवरोध गरेका हुन ।

कालो झन्डा देखाउने पक्राउ 

ओलीलाई कालोझण्डा देखाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई इलाम चोक बजारमा कालोझण्डा देखाउनेलाई प्रहरीले पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार युवा संघका कार्यकर्ता र प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीले प्रदेशको नाम ‘कोशी’ भएकोमा विरोध जनाउँदै ओलीसहित उनीसँगै आएका इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङका अघि प्रदर्शन गरेका हुन् । उनीहरूले इलाम बजारमा प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको प्रहरीले जनाएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved