खुल्ला रुपमा माछामासुको बिक्रीमा रोक

  • वैशाख १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाले शुक्रबारदखि खुल्ला रुपमा मासु विक्री वितरणमा रोक लगाउने भएको छ ।महानगरले विक्रीवितरणसँगै अब मासु बध गर्न पनि सुरक्षित वधशालाको निर्माण गर्नुपर्ने प्रावधान अगाडि बढाएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियान अन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र अव्यस्थित रुपमा सञ्चालन भएका वधशालालाई नियन्त्रण थालिएको मेयर नागेश कोइरालाले बताए ।

विहीबार सरोकारवालासँग गरेको छलफल महानगर यो निर्णयमा पुगेको मेयर कोइरालाले जानकारी दिए ।अव्यस्थित वद्यशाला र मासु विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै मासु व्यवसायलाई व्यवस्थित गर्न नियन्त्रण थालिएको मेयर कोइरालाले बताए ।

उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताइन् । उनले अस्वस्थ मासुको प्रयोगले रोगको संक्रमण बढन् सक्ने भएकोले रोक लगाएको बताइन् । उनले यस विषयमा उपभोक्ता स्वयम् जागरुक र सजक हुनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकै पटक नियन्त्रण गर्न नसकिए पनि विस्तारै मासु पसललाई व्यवस्थित बनाउँदै लाने बताए ।

उनले भने–‘एकै पटक नियन्त्रण गर्न गाह्रो छ, शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाइएको छ, विस्तारै मासु पसललाई व्यवस्थित गर्दै लान्छौं ।खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही गरिने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताए । उनले बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए ।

यसैगरि नेपाल सरकारका पूर्वसहसचिव एवम् मासु विज्ञ डा. बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराएका थिए । ऐनविपरीत मासु बिक्री गर्नेलाई कारबाही व्यवस्था रहेको उनको भनाइ थियो । विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved