एम्स एकेडेमीले फुटसल प्रतियोगिता आयोजना गर्ने

  • बैशाख १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  एम्स एकेडेमीले ‘पहिलो एम्स एसईई फुटसल  कप २०८०’ आयोजना गर्ने भएको छ ।

एकेडेमीले शुक्रबार पत्रकार भेटघाट आयोजना गर्दै प्रतियोगितामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरू सहभागी हुने बताएको छ । यही वैशाख २९ र ३० गते आयोजना हुने प्रतियोगिताका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका स्नातक तह संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।

त्यस क्रममा कार्यक्रम संयोजक युवराज अधिकारीले प्रतियोगितामा कम्तीमा २० वटा टिम सहभागी हुने अपेक्षा रहेको बताए । प्रत्येक खेलका उत्कृष्ट खेलाडी र प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागिसमेत पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक अधिकारीले जनाए ।

एकेडेमीका प्राचार्य मित्र तामाङले जनाएअनुसार सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षा दिएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । शिक्षासँगै विद्यार्थीहरूको मानसिक र शारीरिक विकासका लागि खेल पनि आवश्यक हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका शेयर सदस्य विदुर महतले बताए ।

आगामी वर्ष पनि प्रतियोगिताले निरन्तरता पाउने प्राचार्य तामाङको भनाइ छ ।

आपतकालीन सेवा सञ्चाल ...

विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेव ...

रोयल इस्ट्रन इन्फिल् ...

विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन ...

वडाध्यक्षले शक्तिको ...

मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वड ...

देशको केही पहाडी भू– ...

सुनसरी /  पश्चिमी  वायुका साथै स्थानीय व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved