सुशासन कायम नहुँदा देशमा आर्थिक अराजकता बढदै

  • बैशाख १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद डा. शेखर कोइरालाले सरकारले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा आर्थिक अराजकता बढ्दै गएको बताएका छन् ।

नेपाली लेखक संघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासन, जवाफ देहिता, जिम्मेवारी र पारदर्शिता नभएसम्म जनताले राहत महसुस नगर्ने उल्लेख गरे ।

उनले अहिलेको आर्थिक अराजकता बाट मुलुकलाई पार लगाउन एउटा दलले मात्रै नसक्ने जिकिर गरे । “अहिले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक अराजकता बढ्दै गएको छ । विस्तारै राजनैतिक, सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढ्दै गएको छ।

shekhar koirala (1)

 

उनले भने, यी सबै अराजकताबाट मुलुकलाई बाहिर निकाल्न कुनै एउटा दलले मात्रै असम्भव छ । सबै दल एक ठाउँमा उभिनु पर्छ । नेता कोइरालाले अनमिनले परिभाषित गरेका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णय गलत भएको टिप्पणी गरे ।

 

उनले देश आर्थिक संकटमा रहेका बेला थप भार पर्ने गरी अयोग्य लडाकुलाई २ लाख दिन नहुने उनको भनाइ थियो । उनीहरुलाई पैसा होइन रोजगारी दिनुपर्छ । २ लाख दिँदा ८० करोड खर्च हुने रहेछ,” उनले भने, “बरु त्यो पैसाले उद्योग खोलौं, त्यहाँ रोजगारी दिऔं 

नेता कोइरालाले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि लेखक कविहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । देशको राजनीति सही बाटोबाट अगाडि नबढेको बताउँदै कोइरालाले सिर्जनाका माध्यमबाट खबरदारी गर्न आग्रहसमेत गरे ।
उनले विश्वका ठूला क्रान्ति र परिवर्तनमा लेखक कविहरुको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

कार्यक्रममा कोशी प्रदेशका कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्री भक्तिप्रसाद सिटौलाले समाजलाई सहि बाटोमा अगाडि बढाउन साहित्यको महत्वपूर्ण भूमिका हुने बताए । उनले विकास र समृद्धिका पक्षमा कलम चलाउन आग्रह समेत गरे ।

सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, साहित्यकार प्राज्ञ गंगा सुवेदी, प्राज्ञ खेम नेपाली, एनपी आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना वाचन गरे ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved