व्यवहार सच्याउन साम्पाङलाई पत्रकार महासंघको आग्रह

  • वैशाख १६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्बिर

मोरङ /  धरान उपमहानगरपालिकााक मेयर हर्क साम्पाङ राईलाई व्यवहार सच्याउन नेपाल पत्रकार महासंघ सुनसरीले आग्रह गरेको छ ।

वैसाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर साम्पाङलाई जिज्ञसा राख्ने क्रममा उनले ‘तपाई कुन पार्टीको पत्रकार’ सोधेपछि उनले सोधेको प्रश्न व्यवहारिक नभएको भन्दै महासंघले प्रेस विज्ञप्ती प्रकाशित गरेर सच्चिन आग्रह गरेको हो ।

महासंघ सुनसरीका सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा मेयर जस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले अर्मादित ढंगबाट सञ्चारजगतप्रति गरेको व्यवहारले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश जाने भएकोले यस्ता कार्यले सञ्चारकर्मी असुरक्षित अवस्थाको सिर्जना हुने भएकोले

अमर्यादित क्रियाकलाप नगर्न अनुरोध गर्दै यस्ता कार्यले अप्रिय घट्ना समेत हुन सक्ने भएकोले घट्ना भएको खण्डमा यसको जिम्मेवार मेयर साम्पाङले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दलको पत्रकार’ भन्ने अभिव्यक्तिप्रति चार संगठनद्वारा आपत्ति

स्थानीय तहको पछिल्लो निर्वाचनबाट निर्वाचित धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले पत्रकारमाथि पटक–पटक दुर्व्यवहार गरेकोप्रति चार संगठनले संयुक्त विज्ञप्ती जारी गर्दैे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन सुनसरीले संयुक्त रुपम विज्ञप्ती प्रकाशित गदैै मेयर साम्पाङले जिज्ञासा राखेको आधामा सञ्चारकर्मीलाई ‘दलका पत्रकार’ भन्ने अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरलेल, प्रेस सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्की र समाजवादी प्रेस संगठनका सुनसरी अध्यक्ष प्रेम बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा सञ्चारकर्मीमाथि अभिव्यक्त गरेको आफ्ना कामप्रति आलोचनात्मक टिप्पणी गरी समाचार र लेख लेख्ने सबैलाई ’दलका पत्रकार’ भन्दै अमर्यादित र अशिष्ट शैलीमा सामाजिक सञ्जालमा तथानाम गाली गर्ने काम रोक्न माग गरेका छन् ।

यस्ता कार्यले उत्तेजित बनाउन सक्नेप्रति मेयर साम्पाङको ध्यानाकर्षण गराएका छन् ।

 

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved