सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन शर्माको सक्रियता

  • बैशाख १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निर्वाचित डा.सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् ।

उनले एकपछि अर्को चुनावी एजेन्डामा गरेको बाचनको प्रतिबदता पुरा गर्दै गएका छन। सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधान गर्न लागि परेका हुन् ।चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

अहिले तिनै काम पुरा गर्न निरन्तरको दौडधुप पछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउँन सफल भएपछि सांसद शर्मा अहिले सुकुम्वासी समस्या समाधानमा केन्द्रित भएका हुन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहेका छन् ।

सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि उनले घचघचाउने काम गरिरहेका छन् । यो क्षेत्रमा हजारौं परिवार सुकुम्वासी हुनुहुन्छ,मैले चुनावी अभियानका क्रममा उहाँहरुको समस्या समाधानमा सक्दो पहल गर्ने बचन पनि दिएको थिए,सांसद शर्मा भन्छन सुकुम्वासिलाई प्रकृया पु¥याएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउँनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।

सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँन अहिले कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम भइरहेको छ । शुक्रबार सांसद शर्मा कानेपोखरी–६ स्थित बिहिबारेमा पुगेर सुकुम्वासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचमा सामेल भए ।

Photo-2 2

ष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकावाट जग्गा नापजाँचमा खटिएका अमिनी र सर्वेक्षकसँग भेट गरी उनले त्यहाँको अवस्थाको वारेमा जानकारी लिए । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई चाडै जग्गा धनीपूर्जा उपलब्ध गराउँने गरी लाग्न कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

मोरङको क्षेत्र नं.३ मा हजारौं परिवार सुकुम्वासी छन् । कानेपोखरी र पथरीशनिश्चरेमा सुकुम्वासीको संख्या धेरै छ। सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् ।

जग्गा नापजाँचमा समन्वय र सहजिकरणका लागि कानेपोखरी गाउँपालिकामा वडाका नम्बर ६ वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति पनि बनाइएको छ । समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं.६ का १६४ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई भोगचलन गर्दै आएको पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउँने गरिएको छ । अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा दिने गरिएको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved