कोकाबाट पानी ल्याउने सहमतिको प्रयास सकारात्मक

  • बैशाख १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  सीमा विवाद र असहमतिले चर्चा पाएको धरान खानेपानीको कोका श्रमदान महाअभियानमा सहमतिको प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको छ ।

वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच छलफलमा दुवै पक्षबाट आ आफ्नो कुरा अगाडि राखेका थिए ।

सो अवसरमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि कोकाबाट पानी ल्याउनका लागि संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गर्नुपर्ने कुरा अगाडि सारेका थिए ।

मेयर कार्कीले सारेका कुरालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको तर्फबाट सबै माग लिखित रुपमै हुर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफल शनिवार जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिकाका प्रमुख बीच भएको थियो ।

छलफलले तीन दिन भित्र दुई पालिका बिच लिखित सम्झौता गर्ने र त्यसपछि मात्र वराहक्षेत्रको भू–भागमा खानेपानीको पाइप बिछ्याउने काम गर्ने सहमति भएको थियोे ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ ओम भट्टराई, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा, वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, वराहक्षेत्रका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको रहेको थियो ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved