किराया धरान १३ को दोस्रो तलाको उद्घाटन

  • बैशाख १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / संस्कार, सँस्कृति र पहिचानको आन्दोलालाई शशक्ति अगाडि बढाउँदै आएको किरात राई यायोख्खा धरान १३ को निर्माण सम्पन्न भवनको शनिवार एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ ।

१७ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण सम्पन्न दोस्रो तलाको उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रपसाद काफ्लेले गरेका थिए ।

भवन निर्माणका लागि देश तथा विदेशमा रहेका राई समुदायले स्वस्फूर्त रुपमा सहयोग जुटाएका थिए । सो अवसरमा १४ लाख ८ सय ४६ रुपैया स्वफूर्त रुपमा जुटेको किरात राइ यायोख्खा धरान १३ का सचिव वसन्त वान्तवाले जानकारी दिए ।

१० धुर जग्गाामा बनेको सो भवनको पहिलो तला२०७९ जेष्ठ २९ गते सम्पन्न भएको थियो । पहिलो तला सम्पन्न गर्न २२ लाख रुपैया लागत लागेको सचिव वान्ताले जानकारी दिए । त्यसबेला वडा कार्यालय धरान १३ ले ८ लाख रुपैया सहयोग गरेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै किरात राई यायोख्खा सुनसरीका सचिव नविन राईले राईको भाषा, सँस्कृति, पहिचानलाई जीवन्तता राख्न निर्माण भएको भवनले थप सहयोग पु¥याएको बताएका थिए ।

उनले पछिल्लो समय प्रदेश नं. १ को नामाकरण कोशी पारित भइसकेको अवस्थामा पहिचानको आधारमा नामाकरण गर्नका लागि पहिचानवादी अन्य शक्तिसँग मिलेर संघर्ष गरिरहेको जानकारी दिए ।

यस्तै किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष द्रोपराज राईले भुगोल, इतिहास र जनसंख्याको आधारलाई हेर्ने हो भने यो प्रदेशको नाम किरात हुनुपर्नेमा जोड दिएका थिए । उनले को्शी प्रदेश नामाकरणमा पहिचानवादीहरुलाई झुक्याएको आरोप लगाएका छन् ।

सो अवसरमा प्रमुख अथिति समेत रहेका १३ नंं वडा समितिका अध्यक्ष नेत्र काफ्लेले भवन निर्माणका लागि वडाबाट ८ लाख रुपैया सहयोग गरिएको बताए । उनले आर्थिक बर्ष २०८० – ८१ मा भवनको माथिल्लो भागमा ट्रष्ट निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन समेत दिएका थिए ।सो अवसरमा भवन निर्माणका लागि सहयोग गर्ने दाता, जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

गाँजा बोकेको एम्वुले ...

मोरङ/  विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गा ...

साउदी पुगेको साता दि ...

झापा/  सुन्दर भविष्यको सपना बुनेर साउदी आएको ...

बेलडाँडामा उपमेयर को ...

धरान/ खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीर ...

विद्युत् विस्तारले ट ...

भोजपुर/  केन्द्रीय प्रसारण लाइन विद्युत् विस् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved