समन्वय र सहकार्य आवश्यक (सम्पादकीय)

  • बैशाख १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरानका मेयर हर्कराज राई (साम्पाङ) आफ्नै क्रियाकलापका कारण दिनहुँ नयाँ–नयाँ विवादमा मुछिन थालेका छन् । आफ्नै अहङ्कारका कारण उनको चौर्तफी आलोचना हुन थालेको छ । सामाजिक सञ्जालमा आउने उनका तल्लो स्तरका अभिव्यक्ति तथा अरूलाई होच्याउने र मानमर्दन गर्ने भाषाले उनलाई एक्ल्याउँदै लगेको छ ।

सहकार्य र समन्वय गर्न नसक्दा उनी आफ्नै कार्यपालिका सदस्यहरूबाट त एक्लिएकै थिए, उनका अनावश्यक गतिविधि र अभिव्यक्तिका कारण छिमेकी नगरपालिकाहरू इटहरी र वराहसँग पनि उनको सम्बन्ध बिग्रिन पुगेको छ ।

समग्र धरानको विकास र धरानेहरूको समृद्धिका लागि यो चिन्ताको विषय हो । यसले धरानको विकासमा दीर्घकालीन असर पार्ने निश्चित छ । धरानका लागि कोकाहा नदीबाट पानी ल्याउने अभियान निर्बाध रूपमा सञ्चालन भइरहेको थियो ।

वराह नगरपालिकाले यसमा कुनै अवरोध सिर्जना गरेको थिएन, तर सामाजिक सञ्जालमा मेयर राई र उनका समर्थकहरूबाट अनावश्यक टीका–टिप्पणी हुन थालेपछि वराह नगरपालिकाले यो अभियानलाई अगाडि बढाउन केही सर्तहरू प्रस्तुत गरेको छ ।

वराह नगरपालिकाका मेयरले तेस्र्याएका सर्त पूरा गर्न धरानका मेयरका लागि सहज छैन ।
यो अवस्था आउनुको जिम्मेवारी धरानका मेयर र उनका समर्थहरूले नै लिनुपर्छ ।

सबैलाई होच्याएर र अरूको मानमर्दन गरेर गन्तव्यमा पुग्न कठिन हुन्छ । वराहको घटनाबाट पनि मेयर राईले समन्वय र सहकार्यको महत्व बुझ्नुआवश्यक छ । आफ्नै गलत र अपरिपक्व व्यवहारका आज सिङ्गो धरान उनीसँग छैन । आफ्नै नगरवासीको पूर्ण समर्थन जुटाउन नसक्ने मेयरलाई आफ्नाे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहज छैन ।

यो यथार्थ उनी र उनका समर्थकहरूले जति चाँडो आत्मसात् गर्छन्, त्यति नै चाँडो उनी सफलताको दिशामा अग्रसर हुनेछन् । उनी धरानका अभिभावक हुन् । अभिभावकले फराकिलो छाती बनाएर सबैलाई समेट्न सक्नुपर्छ । त्यसो हुन सके मात्र अपेक्षित सफलता प्राप्त गर्न सहज हुन्छ ।

अधिकार आफुमा केन्द्रित गर्ने उनको महत्वाकाङ्क्षाका कारण धरानले विद्युत्को मिटर जडानका लागि नागरिकलाई दिने सिफारिसबाट प्राप्त गरिरहेको राजस्व पनि गुमाएको छ । यसबाट धरानको आय घटेको छ । यसको जिम्मेवारी कसले लिने ? यस विषयमा मेयरले गम्भीर हुनुपर्छ ।

धरानको विकास गर्ने विषयमा उनलाई सबैले सहयोग गर्नेछन्, तर सबैको सहयोग र समर्थन प्राप्त गर्ने वातावरण भने उनी आफैले निर्माण गर्नुपर्छ । सहअस्तित्वलाई स्वीकार गर्दै सिङ्गो धरानवासी एक हुनुपर्छ ।

धरानमा व्याप्त खोनपानी अभावलाई समाप्त पार्न वा नियन्त्रण गर्न उनले गरिरहेको प्रयास सराहनीय छ । समन्वय र सहकार्य गर्दै यस कार्यमा सबैको साथ लिनु आवश्यक छ । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिन उनले बनद गर्नुपर्छ । पदीय मर्यादा र गरिमालाई नसुहाउने शब्दहरू प्रयोग गरेर अरूलाई होच्याउने शैली र प्रवृत्तिलाई नत्याग्ने हो भने उनी सफल नहुने निश्चित छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved