भिडियो सार्वजनिक गर्ने भन्दै बलात्कार

  • बैशाख १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

विराटनगरकी एक किशोरीलाई विगत ६ बर्षदेखि ब्लाकमेलिङ गर्दै बलात्कार गरेको भन्दै मोरङ प्रहरीले विराटनगर– ६ का ३० बर्सिया मो. परिजवान अन्सारी पक्राउ गरेको हो ।

विराटनगरमा चश्मा पसल सञ्चालन गर्दै आएका अन्सारीले ती किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै बलात्कार गर्दै आएको प्रहरीको भनाई छ ।

अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने ‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,
उनले घटनाको घटनाको अनुसन्धान सुरु भइसकेको बताए । उनका अनुसार बलात्कारको सिकारमा पर्दै आएकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ बसेपछि गर्भ पतन गराएको पनि खुलेको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved