ठेकेदारको ढिलासुस्ती विरुद्ध सांसद सडकमा

  • वैशाख १८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ समयमै निर्माण सम्पन्न गर्नुपर्ने भवन ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै प्रदेश सांसदहरुले आइतबार विराटनगरमा दुई घण्टा चक्काजाम गरेका छन् ।

सगरमाथा लोकमार्गअन्तर्गत पर्ने महुरे–फोक्सिङटार सडक खण्ड निर्माण व्यवसायीले निर्माण कामलाई बीचैमा छोडेर अलपत्र पारेको भन्दै उनीहरुले चक्का जाम गरेका थिए ।

खोटाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद पाँचकर्ण राईको नेतृत्वमा आइतबार २ घण्टा सडक अवरुद्ध पारेका थिए ।

राइले भने ‘खोटाङको लाइफलाइनका रूपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडकखण्ण्को कालोपत्रे नगरी अलपत्र रुपमा छाड्दा सर्वसाधारणले अनाहकमा दुःख पाएकालेले समयमै निर्माण सम्पन्न गर्न माग गर्दै विरोध स्वरुप चक्काजाम गरेका हौ ।

यो खण्डलाई दुई प्याकेजमा बाँडेर ठेक्का लगाइएको थियो । २०७३ असारमा सम्झौता गरिएको थियो । २०७७ असार मसान्तसम्ममा काम सक्ने गरी सम्झौता गरे पनि ठेकेदार नै गायब भएपछि आन्दोलन गर्नुपरेको सांसद राईले बताए ।

महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानीको २२ किलोमिटर खण्ड कालोपत्र सम्पन्न गर्ने जिम्मा भारत कन्ट्रक्सन–सिद्धी शाही र सिमपानीभञ्ज्याङ–फोक्सिङटार खण्डको २७ किलोमिटरको जिम्मा देवनारायण–पवनर मैनाचुली कन्स्ट्रक्सनले पाएका छन् ।

सोचेजस्तो काम द्रत गतिमा नभएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

उनले भने ‘दुईवटै ठेकेदारले काम गरेका छैनन् । काम नगरेपछि पेस्की रकम समेत जफत गरेका छौं, १० करोड रुपैयाँ बैंक जमानत जफत गरिएको छ ।भारत कन्स्ट्रक्सन–सिद्धी शाहीले गत वर्ष पुनः म्याद थप गराएको थियो । उसले २०८० असार मसान्तसम्ममा काम सक्ने गरी म्याद थप गराएको हो ।

महुरे–सिमपानी सडक निर्माणको ठेक्का लिएको भारत कन्ट्रक्सन–सिद्धी शाही कन्स्ट्रक्सन भने निर्माणस्थलमा रहेका गाडी तथा अन्य निर्माण सामग्री उठाएर त्यहाँबाट गइसकेको स्थानीयको भनाई छ । दुवै सडक खण्डमा एक अर्ब बराबरीमा ठेक्का लागेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल न. ...

धरान/सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरी ...

धरानमा लागू औषधसहित ...

धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक ...

झापाको बिर्तामोडबाट ...

झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा ...

सुनसरीमा मोटरसाइकलले ...

धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved