एक स्थानीय तह एक आधारभूत अस्पताल धनकुटाका अधिकांश स्थानीय तहमा निर्माण हुँदै

  • बैशाख २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  स्वास्थ्यलाई प्रभावकारी बनाउन हरेक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने संघीय सरकारको योजना अनुसार स्थानीय तहमा अगाडि बढाइएको हो । स्थानीय सरकार सञ्चलान ऐन २०७४ सबै स्थानीय तहमा १५ शैया अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ ।

धनकुटाका सबै स्थानीय तहले १० शैयाको आधारभूत अस्पतालको निर्माणको तयारीमा रहेका छन् । अस्पताल सञ्चालनमा आए उपचारका लागि टाढा टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुने थियो । तर धनकुटाका अधिकांं स्थानीय तहमा अस्पताल निर्माणको काम शुरु भइसकेको छ ।

२०७७ साल मंसिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे । धनकुटामा पनि ६ स्थानीय तहमा शिलान्यास त भयो तर अहिलेसम्म कतै निर्माण सम्पन्न हुन सकेको छैन ।

धनकुटाको साँगुरीगढी गाउँपालिकामा आधारभूत अस्पतालको डिपिआर बाहेक अरु क्ेही काम अगाडि बढ्न सकेको छैन । सरकारले एकसाथ आधारभूत अस्प्तालको शिलान्यास गरेको करिब ३० महिना पुगेको छ । तर ३० महिनाको अवधिमा उपलब्धी भने करिब शून्य नै छ भन्दा फरक पर्दैन ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको तयारीमा छ तर भवनको जग हाल्ने बाहेक अन्य काम अघि बढ्न सकेको छैन । ठेकेदार कम्पनीको लापारबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख धु्रवराज रायले अस्पताल टेन्डर प्रक्रियामा गएर अहिले निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । उनले जति छिटो बन्नुपर्ने हो त्यो हुन नसकेको बताए ।

उनले भने–‘जति हामाीले चाहेका थियौ, निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका छन्, हामी तागेता गरिरहेका छौं, हामी ५÷६ महिनामा कम्पिल गरेर कार्यान्वयनमा ल्याउने तयारीमा छौं ।’

धनकुटाकै चौवीसे गाउँपालिकामा भने ३५ प्रतिशत काम भएको जनाइएको छ । सहिदभूमि गाउँपालिका र छथर जोरपाटीमा पनि सोही हाराहारीमा काम भएको छ । पाख्रीबास नगरपालिकामा पनि निर्माणको काम अघि बढिरहेको छ । सहिदभूमि गाउँपालिका र छथर जोरपाटी गाउँपालिकाले भने आउँदो बर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको जनाएका छन् ।

नेपाल सरकारको एक स्थानीय तहमा एक अस्पतालको अवधारण अनुरुप छथरजोरपार्टी गाउँपालिकामा पनि अस्पताल निर्माण शुरु भएको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा बताउँछन् । उनले नेपाल सरकारको नीति अनुसार सबै गाउँपालिकाहरुमा एक अस्पतालको अवधारणा सरकारको रहेको बताए ।

अघिल्लो सरकारले यसको शिलान्यास गरेर बनाउने भन्ने तय भएको तर कार्यान्वयनको पाटोमा भने नआएको बताए । उनले भने–‘अवधारणा अगाडि सारे पनि कार्यान्वयन हुन सकेको थिएन, जब हामी निर्वाचित भएर आयौं, निर्माण कार्यलाई निरन्तता दिएका छौं ।

सहीदभूमि गाउँपालिकाले भने गाउँपालिकामा रहेको खोकु प्राथमिक केन्द्रलाई नै आधारभूत अस्पतालको रुपमा विकास भएको छ । १० शैयाको अस्पताल निर्माण हुन लागेको सो अस्पतालको निर्माण कार्य धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज राई बताउँछन् ।

उनी भन्छन्–‘नेपाल सरकारल देशभरका ३ सय ९६ वटा स्थानीय तहहरुमा आधारभूत अस्पतालहरु
निर्माण गर्नको लागि घोषणा ग¥यो र सोही घोषणा बमोजिम हाम्रो सहीदभूमि गाउँपालिकामा समेत १० शैयाको आधारभूत अस्पताल निर्माणका लागि स्वीकृति भएर आयो, बीचमा हामीले यो कामलाई अगाडि बढाउन सकेनौं, यद्यपि सहीदभूमि गाउँपालिकामा खोकु प्राथमिक केन्द्रलाई नै आधारभूत अस्पतालको रुपमा विकास गर्ने अगाडि बढाएका छौं

 पुननिर्माण प्राधिकरणबाट भवन निर्माणको कार्य अगाडि बढिसकेको छ, भवन निर्माण भइसकेपछि सरकारबाट दक्ष जनशक्ति हामीलाई प्राप्त हुन्छ र त्यसपछि आधारभूत अस्पताल सञ्चालन गर्ने तयारीमा छौं ।’

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved