अंशको लोभमा हत्या : बोल्न नसक्ने भाउजूको देवरद्वारा निर्मम हत्या

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी झगडाले एक परिवारमा कहालीलाग्दो मोड लिएको छ।

पुर्ख्यौली सम्पत्तिको विवादका कारण बोल्न नसक्ने महिला टीकामाया कार्की बस्नेतको आफ्नै देवर टंकबहादुर बस्नेतले निर्मम हत्या गरेका छन्।

टीकामाया ६० वर्षीया महिला थिइन्, जो बोल्न सक्दिनथिन्। इसारामार्फत मात्र संवाद गर्ने उनी असार २१ गते दिउँसो बारीमा घाँस काट्न गएका बेला मृत अवस्थामा फेला परिन्। प्रारम्भिक अनुसन्धानमा घाँटीमा गहिरो चोट देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुरले हँसियाको बिँडले प्रहार गरी भाउजूको हत्या गरेका हुन्। घटनामा प्रयोग भएको हँसिया समेत उनको घरबाट बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले टंकलाई सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।

मृतक टीकामायाका श्रीमान् गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंकबहादुरबीच विगत केही वर्षदेखि पुर्ख्यौली सम्पत्तिको बँडफाँटका विषयमा विवाद चलिरहेको थियो। अदालतले दाजु गणेशलाई अंश पाउने ठहर गरेपछि टंक असन्तुष्ट बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

मृतकलाई पटक–पटक लक्षित गर्दै आक्रोश झल्काउने गरेको खुलासा

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार टंकले विगतमा पनि टीकामायालाई लक्षित गर्दै गालीगलौज र आक्रोशपूर्ण व्यवहार गर्दै आएको प्रमाणहरू संकलन गरिएका थिए। “हामीसँग पहिलेको विवाद र आक्रोशका प्रमाण छन्। अहिले थप प्रमाण संकलनको काम भइरहेको छ,” उनले भनिन्।

प्रहरीले टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ। पारिवारिक सम्पत्तिको लोभमा भएको यो हत्याले मोरङ क्षेत्रको समाजमा दुःखद तरंग ल्याएको छ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved