कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै साकेला पर्व

  • बैशाख २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  किरात राई यायोख्खाले उभौली पर्वका अवसरमा साकेला सिलीका आयोजना गर्ने भएको छ । विगतदेखि नै प्रदेशभरिकै किरात राईहरुलाई समावेश गराएर साकेला पर्व मनाउने भएको हो ।

विगतका बर्षहरुमा साझा पर्वको रुपमा मनाउदै आएका उनीहरुले यस बर्ष भने कोशी प्रदेश नामाकरणको खारेजीको माग सहित साँस्कृतिक लडाइको रुपमा पनि मनाउन लागिएको बताइएको छ ।

वैसाखे पूर्णिमादेखि औशीसम्म १५ दिनसम्म धुमधामका साथ मनाउदै आएका किरात राईहरुको साँस्कृतिक पर्व साकेला यस बर्ष पनि मनाउने भएको हो । यो साल राम्रो होस्, शुभहोस्, अन्नबाली सप्रियोस्, सह बसोस्, कहिल्यै अनिकाल नलागोस् सबै प्राणीहरुमा सुखशान्ति रहकोस् भने किरात राईहरुले वैसाके पूर्णिमा उभौली र मंसिरे पूर्णिमा उद्यौली गरी बर्षमा दुई बर्ष मनाउने गरेका छन् ।

तर सांस्कृतिक पहिचान बोकेको यो पर्वलाई राज्यबाट वेवास्ता गर्ने गरेको आराेप किरात राई यायोख्खा सुनसरी कोषाध्यक्ष एवम् प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्र चाम्लिङले लगाए ।

उनीहरुले पहिचानको मुद्धालाई ओझेलमा पारेर वहुमतको नाममा प्रदेश नं. १ को नामाकरण कोशी प्रदेश राखेको बताउदै यस बर्षको साकेला पर्व कोशी प्रदेशको खारेजीको मागमा केन्द्रित रहने बताएका छन् । उनीहरुले पछिल्लो सबै पहिचानवादी एक ठाउँमा भएको बताउदै सरकारले कोशी नाम खारेज गरेर नामाकरणको विषयमा बोलाए आफूहरु तयार रहेको बताए ।

कार्यक्रम अनुसार उनीहरुले साकेला पर्वको अन्तिम दिन जेठ ६ गते धरान १७ मा रहेको किरात राई साकेला साँस्कृतिक पार्कमा वडास्तरीय साकेला शिली प्रदर्शनीको आयोजना गर्ने जनाएका छन् ।
साकेला सिलीको संरक्षण, सम्बद्र्धन, विकास र यसको मौलिकतालाई बचाइराख्न २०५७ सालदेखि प्रत्येक बर्ष यो पर्व सामुहिक रुपमा मनाउदै आइएको छ ।

पछिल्लो समय नेपालममात्र हैन राईहरुको वाहुल्यता रहेको देश भारत, हङकङ, बेलायत, जापान, मकाउ, सिंगापुर, अमेरिका, दक्षिण कोरिया, दुवई, साउदी, कतार, मलेसिया, अष्ट्रेलिया लगायतका देशहरुमा समेत धुमधामले मनाउने गरेका छन् ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved