चावचामा दुधपानीबाट खानेपानी ल्याइने

  • बैशाख २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र / पहाडी भू–भाग, सुख्खा ठाउँ भएकाले पानीको श्रोत पर्याप्त नहुँदा बराहक्षेत्र नगरपालिकाको चावचाका स्थानीयले वर्षौ देखि भोग्दै आएको पानीको समस्या अब समाधान उन्मुख भएको छ ।

वराहक्षेत्र १ स्थित चावचामा करिब ३५ घर रहेका छन् । खोला, खोल्सीको पानी संकलन गरेर पानीको जोह गर्दै पानीको आवश्यक्ता पुरा गर्दै आएका थिए ।

गाउँ भन्दा करिब ३ किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी आउने भएपछि खानेपानीको समस्या समाधान हुने भए पछि स्थानीय खुसी भएका छन् । चावचामा खानेपानीले समस्यालाई समाधान गर्न नजिकैको दूधपानी खोलाबाट पानी ल्याउन लागिएको हो।

खानेपानीको समस्या समाधान गर्न चाबचावासिले बराहक्षेत्र नगरपालिका सँग माग गर्दै आएका थिए । आइतबार बसेको नगरपालिकाको कार्यपालिकाको बैठकले चावचामा पानी ल्याउन स्थानीयवासीको सहयोग लिएर श्रमदान गर्न निर्णय गरेको थियो । निर्णय अनुसार खानेपानी ल्याउन वराहक्षेत्र नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ ।

बुधवार बिहान नगरप्रमुख रमेश कार्की स्थानीयवासीको सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरूको टोली सहित पाईप लिएर खोलाको मुहान पुगेका थिए । वराहक्षेत्र नगरपालिकाको वडा नं १ को चावचामा जस्तै केही गाउँमा खानेपानीको समस्या भएकोले यसलाई पनि श्रमदानको माध्यमबाटै समस्या समधानको योजना बनाइने नगरप्रमुख रमेश कार्की बताउँछन् ।

कार्यपालिकाबाटै निर्णय गरेर श्रमदानको अभियान सुरु गरे चावचामा पानी ल्याउन जनप्रतिनिधिको भत्ता र कर्मचारीहरूको केही दिनको तलवबाट पाईप खरिद गरीने उनको भनाइ छ । अभियानमा नगरप्रमुख सहित वडाध्यक्षहरू, जनप्रतिनिधिहरू लागि परेर पानी ल्याउने कार्य अघि बढेको स्थानीय कृष्ण भण्डारी बताउँछन् ।

गाँजा बोकेको एम्वुले ...

मोरङ/  विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गा ...

साउदी पुगेको साता दि ...

झापा/  सुन्दर भविष्यको सपना बुनेर साउदी आएको ...

बेलडाँडामा उपमेयर को ...

धरान/ खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीर ...

विद्युत् विस्तारले ट ...

भोजपुर/  केन्द्रीय प्रसारण लाइन विद्युत् विस् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved