चावचामा आगलागी हुदा लाखौको क्षती

  • बैशाख २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  बराहक्षेत्र नगरपालिका वडा नं. १ चावचा गाउँमा कोकाहा खानेपानी परियोजनामा काम गर्न गएका कामदारको लापारबाहीका कारण लागी हुदा स्थानीय मोहन दाहालको घर जलेर पूर्ण नष्ट भएको छ ।

विहीबार दिउँसो तीन बजेको समयमा खाना पकाएर  आगो ननिभाइ जाँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको मोहन दाहालकी बुहारी गंगा कार्की दाहालले बताइन् ।

उनका अनुसार श्रमदान धरानबाट कोकाहा खानेपानीका लागि श्रमदानमा गएकाहरु त्यही घरमा खाने, सुत्ने र दिउँसो काममा जाने गर्थे । तर विहीबार भने खाना खाइसकेपछि आगो ननिभाईकन जादा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

उनले भनिन्–‘ हाम्रो घरबाट अलि पर बर्खामा बस्नका लागि बनाएको घर हो । कोेका खानेपानी आयोजनाको कामदारहरु घरमा बस्थे, बसेर काम गर्दै गर्दा दिउसो तीनबजेतिर उनीहरुले खाना पकाएर हिड्नु भएछ, आगो ननिभाई त्यतिकै छोड्दिनु भएछ । आगो ननिभभाएका कारण छेउमा भएको त्रिपाल सल्किएछ त्यहीबाट घरमा आगलागी भएछ ।’

आगलागीबाट ५/ ७ लाख रुपैया बराबरको क्षति भएको बताउदै खानेपानी अभियानका कार्यकर्ताले क्षतिपूर्ति दिने भनिए आफूहरुले भने घर नै बनाइदिन माग गरेको उनको भनाई छ ।

आपतकालीन सेवा सञ्चाल ...

विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेव ...

रोयल इस्ट्रन इन्फिल् ...

विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन ...

वडाध्यक्षले शक्तिको ...

मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वड ...

देशको केही पहाडी भू– ...

सुनसरी /  पश्चिमी  वायुका साथै स्थानीय व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved